ne_tw/bible/kt/sign.md

6.6 KiB
Raw Permalink Blame History

चिन्ह, प्रमाण, अनुस्मारक

परिभाषा:

"चिन्ह" शब्दले सामान्‍यतयाः कुनै वस्‍तु, घटना वा कार्यलाई जनाउँछ जसले एउटा विशेष अर्थ दर्शाउँछ ।

  • बाइबलमा, कहिलेकाहीँ परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा वा करारको सम्बन्धमा चिन्हहरू दिइन्छन् ।
  • परमेश्‍वरले फेरि कहिल्यै पनि विश्‍वव्यापी जलप्रलयद्वारा सबै जीवित प्राणीलाई नष्ट पार्नुहुनेछैन भनी गर्नुभएको प्रतिज्ञा गर्नुभएको कुराको रूपमा चिन्ह (वा अनुस्मारक)को रूपमा उहाँले आफ्नो निम्ति आकाशमा सृष्टि गर्नुभएको इन्द्रेनीबारे उत्पत्तिको पुस्तकले वर्णन गर्छ ।
  • उत्‍पत्तिको पुस्‍तकमा, परमेश्‍वरले इस्राएलीहरूसँग करार बाँध्नुभएको तथ्यको चिन्ह (वा संकेत)को रूपमा उनीहरूका छोराहरूको खतना गर्न आज्ञा गर्नुभयो ।
  • चिन्हहरूले केही कुरालाई देखाउन वा प्रकट गर्न सक्छ ।
  • नयाँ बालकको रूपमा जन्मनुभएको मसीह कुन हो भनी थाहा गर्न सहायता गर्न स्वर्गदूतले गोठालाहरूलाई एउटा चिन्ह दिएका कुरा लूकाको पुस्‍तकले उल्लेख गर्छ ।
  • धार्मिक अगुवाहरूले गिरफ्तार गर्नु पर्ने येशू हुनुहुन्थ्यो भन्‍ने चिन्हस्वरूप यहूदाले उहाँलाई चुम्बन गरे ।
  • चिन्हहरूले कुनै कुरालाई सत्य साबित गर्न सक्छः
  • परमप्रभु को हुनुहुन्थ्यो र उहाँ फारो र मिश्री देवताहरूभन्दा महान्‌ हुनुहुन्थ्यो भन्‍ने देखाउने चिन्हहरूको रूपमा मिश्रलाई नष्ट पार्ने विपत्तिहरूबारे प्रस्थानको पुस्तकले उल्लेख गर्छ ।
  • अगमवक्‍ताहरू र प्रेरितहरूले गरेका आश्‍चर्यकर्महरूले उनीहरूले परमेश्‍वरका वचन बोलिरहेका थिए भनी प्रमाणित गर्ने चिन्‍हकोबारे प्रेरितको पुस्‍तकले वर्णन गर्छ ।
  • येशूले गर्नुभएका आश्‍चर्यकर्महरूले उहाँ साँचो मसीह हुनुहुन्थ्यो भन्‍ने प्रमाणित गर्‍यो भनी यूहन्‍नाको पुस्‍तकले उल्लेख गर्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • "चिन्‍हहरू र आश्‍चर्यकर्महरू" भनी पटक पटक उल्लेख गरिने यो अभिव्याक्तिलाई "प्रमाणहरू र आश्‍चर्यकर्महरू" वा "परमेश्‍वरको शक्‍ति प्रमाणित गर्ने  आश्‍चर्यपूर्ण कामहरू" वा "परमेश्‍वर कति महान् हुनुहुन्‍छ भनी देखाउने अचम्‍मका कामहरू" भनेर अनुवाद गर्न सकिन्‍छ ।
  • सन्दर्भअनुसार “चिन्ह” लाई “इसारा” वा “संकेत” वा “चिनो” “प्रमाण” वा “सबुत” वा “हाउभाउ” भनी अनुवाद गर्न सकिन्छ ।
  • "हातले संकेतहरू इसारा गर्नु" लाई "हातको चाल" वा "हातको संकेत" वा "हाउभाउ देखाउनु" भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • कुनै भाषाहरूमा साबित गर्ने “चिन्ह” र आश्‍चर्यकर्मको “चिन्ह”को निम्ति फरक-फरक शब्दहरू हुन सक्छन् ।

(यो पनि हेर्नुहोस्: आश्‍चर्यकर्म, प्रेरित, ख्रीष्ट, करार, खतना)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0226, H0852, H2368, H2858, H4150, H4159, H4864, H5251, H5824, H6161, H6725, H6734, H7560, G03640, G08800, G12130, G12290, G17180, G17300, G17320, G17700, G39020, G41020, G45910, G45920, G49530, G49730, G52800