ne_tw/bible/kt/miracle.md

9.0 KiB
Raw Permalink Blame History

आश्‍चर्यकर्म, चमत्कार, चिन्ह

परिभाषा:

“आश्‍चर्यकर्म” यस्तो अचम्मको केही कुरा हो जुनचाँहि परमेश्‍वरले नै नगराउनुभए सम्भव हुँदैन ।

  • आँधीलाई शान्त पार्नुभएको, र दृष्‍टिविहीन मानिसलाई निको पार्नुभएको लगायतका येशूले गर्नुभएका आश्‍चर्यकर्मका उदाहरणहरू ।
  • कहिलेकहीं आश्‍चर्यकर्महरूलाई “चमत्कारहरू” भनिन्छ, किनभने तिनीहरूले मानिसहरू चकित वा छक्‍क पर्छन् ।
  • “चमत्कार” शब्दले सामान्यतयाः परमेश्‍वरले स्वर्ग र पृथ्वी सृजना गर्नुहुँदाको जस्तो उहाँको शक्त्तिको आश्‍चर्यजनक प्रदर्शनलाई जनाउँछ ।
  • आश्‍चर्यकर्महरूलाई “चिन्हहरू” पनि भन्‍न सकिन्छ, किनभने परमेश्‍वर सारा ब्रम्हाण्डमाथि पूर्ण अधिकार भएको सर्वशक्त्तिमान हुनुहुन्छ भन्‍ने कुराको सङ्‌केत वा प्रमाणको रूपमा तिनीहरूलाई प्रयोग गरिन्छ ।
  • केही आश्‍चर्यकर्महरू परमेश्‍वरका उद्धारका कार्यहरू थिए, जस्तै उहाँले इस्राएलीहरूलाई मिश्रमा दास हुनबाट छुटकारा दिनुभएको र दानिएललाई सिंहहरूबाट चोट नपुगोस् भनी सुरक्षित राख्‍नुभएको ।
  • अन्य चमत्कारहरू परमेश्‍वरका न्यायका कार्यहरू थिए, जस्तै उहाँले नोआको समयमा पृथ्वीभरि जलप्रलय गराउनुहुँदा र मोशाको समयमा मिश्र देशमा भयानक विपत्तिहरू ल्याउनुहुँदा ।
  • परमेश्‍वरका धेरै जसो आश्‍चर्यकर्महरूमा बिरामी मानिसहरूलाई निको बनाउने वा मरेका मानिसहरूलाई फेरि जीवित तुल्याने जस्ता कामहरू थिए ।
  • उहाँले मानिसहरूलाई निको पार्नुहुँदा, आँधीहरूलाई शान्त पर्नुहुँदा, पानीमाथि हिँड्नुहुवदा, मरेका मानिसहरूलाई पुनःजीवित पार्नुहुँदा परमेश्‍वरको शक्त्ति येशूमा प्रदर्शन भयो । यी सबै आश्‍चर्यकर्महरू थिए ।
  • परमेश्‍वरले अगमवक्त्ता र प्रेरितहरूलाई पनि बिरामीहरूलाई निको पार्ने र अन्य आश्‍चर्यकर्महरू गर्न सक्षम तुल्यानुभयो, जुन कामहरू परमेश्‍वरको शक्त्तिद्वारा मात्र सम्भव थिए ।

अनुवादका निम्ति सुझावहरू

  • “आश्‍चर्यकर्महरू” वा “चमत्कारहरू” का सम्भावित अनुवादहरूमा, “परमेश्‍वरले गर्नुहुने असम्भव कुराहरू” वा “परमेश्‍वरका शक्त्तिशाली कार्यहरू” वा “परमेश्‍वरका उदेकका कार्यहरू” हुन सक्छन् ।
  • “चिन्ह र चमत्कारहरू” भनी बारम्बार प्रयोग हुने अभिव्यक्त्तिलाई “प्रमाण र आश्‍चर्यकर्महरू” वा “परमेश्‍वरको शक्त्ति साबित गर्ने आश्‍चर्यमय कार्यहरू” वा “परमेश्‍वर कति महान्‌ हुनुहुन्छ भनी देखाउने उदेकका आश्‍चर्यकर्महरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • आश्‍चर्यमय चिन्हको अर्थ कुनै कुराको प्रमाण वा सबुत दिने चिन्हभन्दा फरक हुन्छ भन्‍ने कुरा ध्यान दिनु होला । यी दुई सम्बन्धित भने हुन सक्छन् ।

(यो पनि हेर्नुहोस्: शक्ति, अगमवक्ता, प्रेरित, चिन्ह)

बाइबलका सन्दर्भहरूः

बाइबलीय कथाहरूबाट लिइएका उदाहरणहरू

  • १६ः८ परमेश्‍वरले इस्राएललाई बचाउन गिदोनलाई प्रयोग गर्नुहुन्छ भन्‍ने निश्‍चयता पाउनको निम्ति उनले परमेश्‍वरसंँग दुई वटा चिन्हहरू मागे ।
  • १९ः१४ परमेश्‍वरले एलिशाद्वारा धेरै आश्‍चर्यकर्महरू गर्नुभयो ।
  • ३७ः१० यस __आश्चर्यकर्म__को कारण धेरै यहूदीहरूले येशूमाथि विश्‍वास गरे ।
  • ४३ः६ “हे, इस्राएलका मानिस हो, येशूले परमेश्‍वरको शक्तिद्वारा धेरै शक्तिशाली चिन्हहरूचमत्कारहरू गर्नुभएको तिमीहरूले पहिले नै देखेका र जानेका छौ ।”
  • ४९ः२ येशू परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गर्न उहाँले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो । उहाँ पानी माथि हिँड्नुभयो, आँधीलाई शान्त पार्नुभयो, धेरै बिरामीहरूलाई निको पार्नुभयो, भुतआत्माहरू निकाल्नुभयो, मृतकलाई जीवित बनाउनुभयो, र पाँच रोटी र दुई साना माछाले ५, भन्दा धेरै मानिसलाई पुग्‍ने भोजनमा परिणत गर्नुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0226, H0852, H2368, H2858, H4150, H4159, H4864, H5251, H5824, H5953, H6381, H6382, H6383, H6395, H6725, H7560, H7583, H8047, H8074, H8539, H8540, G08800, G12130, G12290, G14110, G15690, G17180, G17700, G18390, G22850, G22960, G22970, G31670, G39020, G45910, G45920, G50590