ne_tw/bible/kt/kingofthejews.md

4.5 KiB
Raw Permalink Blame History

यहूदीहरूका राजा

परिभाषा:

“यहूदीहरूका राजा” भन्‍ने शब्दावली येशू, मसीहलाई जनाउने उपाधि हो ।

  • “यहूदीहरूका राजा” भएर जन्मनुभएको शिशुलाई बेथलेहेममा खोजी गर्दै गएका ज्योतिषीहरूको सन्दर्भमा बाइबलले यो शब्दावलीलाई पहिलोपटक उल्लेख गरेको छ ।
  • स्वर्गदूतले मरियमलाई तिनीबाट जन्मिने तिनको पुत्र, राजा दाऊदको सन्तान नै राजा हुने र उनले सदासर्वदा शासन गर्ने छन् भनी प्रकट गरे ।
  • येशूलाई क्रुसमा टाँगिनुभन्दा पहिले, रोमी सेनाहरूले येशूलाई गिल्ला गर्दै “यहूदीहरूका राजा” भने । यो उपाधिलाई काठको एउटा पाटीमा लेखेर येशूलाई झुण्ड्याइएको क्रुसमाथि पनि टाँसिएको थियो ।
  • येशू साँच्‍चै यहूदीहरूका राजा र सबै सृष्‍टिमाथिको राजा हुनुहुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • “यहूदीहरूका राजा” लाई “यहूदीहरूउपर राजा” वा “यहूदीहरूमाथि शासन गर्ने राजा “वा “यहूदीहरूका सर्वोच्‍च शासक” भनी अनुवाद गर्न सकिन्छ ।
  • “का राजा” लाई अन्यत्र कसरी अनुवाद गरिएको छ, त्यो पनि हेर्नुहोस् ।

(यो पनि हेर्नुहोस्: सन्तान, यहूदी, येशू, राजा, राज्य, परमेश्‍वरको राज्य, ज्योतिषीहरू)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २३ः९ केही समयपछि, टाढा पूर्वका देशहरूबाट आएका ज्योतिषीहरूले आकाशमा एउटा अनौठो तारा देखे । यसको अर्थ __ यहूदीहरूका नयाँ राजा__ को जन्म भएको उनीहरूले महसुस गरे ।
  • ३९ः९ पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
  • ३९ः१२ रोमी सेनाहरूले येशूलाई कोर्रा लगाए र उहाँलाई एउटा राजकीय पोशाक र काँडाको मुकुट लगाइदिए । र तिनीहरूले यसो भनेर उहाँको खिल्ली उडाए, “हेर, यहूदीहरूका राजा ।”
  • ४०ः२ पिलातसले “यहूदीहरूका राजा” भन्‍ने चिन्ह लेखी क्रुसमा येशूको शीरमाथि राख्‍न आज्ञा दिए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G09350, G24530