ne_tw/bible/kt/altar.md

3.4 KiB
Raw Permalink Blame History

वेदी

परिभाषा:

वेदी अलि माथि उठाइएको संरचना थियो, जसमाथि इस्राएलीहरूले परमेश्‍वरका लागि बलिदानस्वरूप जनावरहरू र अन्‍नहरू जलाउने गर्थे ।

  • बाइबलको समयमा सामान्य वेदीहरू प्रायः कडा माटोको ढिस्को वा मजबुत थुप्रो बनाउन ठुला-ठुला ढुङ्गाहरूलाई होसियारीपूर्वक राखेर बनाइने गरिन्थ्यो ।
  • काठबाट बाकसको आकारमा केही विशेष वेदीहरूचाहिँ सुन, पित्तल वा काँसाजस्ता धातुहरूले मोहोरेर बनाइन्थ्यो ।
  • इस्राएलीहरूका वरिपरि बस्‍ने अरू जातिहरूले पनि तिनीहरूका देवताहरूलाई बलिहरू चढाउन वेदीहरू निर्माण गर्थे ।

(यो पनि हेर्नुहोस्: धूपको वेदी, झोटो देवता, अन्‍नबलि, बलिदान)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ३ः१४ नोआ डुङ्गाबाट ओर्लिए पछि उनले एउटा वेदी बनाए र बलिदानको लागि प्रयोग गर्न सकिने हरेक किसिमका जनावरहरू बलि चढाए् ।
  • ५ः८ जब तिनिहरू बलिदानको ठाउँमा पुगे, अब्राहामले आफ्‍नो छोरा इसहाकलाई बाधेँर __ वेदी__ मा राखे ।
  • १३ः९ पुजारीले जनावरलाई मारेर __वेदी__मा जलाउनेछन् ।
  • १६ः६  उनले (गिदोन) मूर्तिको निम्ति प्रयोग गरिने वेदी नजिकै परमेश्‍वरलाई अर्पण गरिएको ‍एउटा नयाँ वेदी बनाए र त्‍यसमा परमेश्‍वरलाई बलि चढाए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0741, H2025, H4056, H4196, G10410, G23790