ne_tw/bible/other/grainoffering.md

1.6 KiB
Raw Permalink Blame History

अन्‍नबलि

परिभाषा:

अन्‍नबलि परमेश्‍वरलाई चढाइने गहुँ वा जौँको पिठोको भेटी थियो, जुन प्रायः होमबलिलगत्तै चढाइन्थ्यो।

  • अन्‍नबलिको लागि प्रयोग गरिएको अन्‍नलाई मसिनो हुने गरी पिसिएको हुनुपथ्र्यो। कहिले काहीँ चढाइनुअगि यसलाई पकाइन्थ्यो, तर कहिलेकाहीँ भने नपकाईकनै लगिन्थ्यो।
  • अन्‍नको पिठोमा तेल र नुन राखिन्थ्यो, तर खमिर र मह राख्‍ने अनुमति भने थिएन।
  • अन्‍नबलिको एउटा भागलाई जलाइन्थ्यो भने अर्को भाग पूजाहारीहरूद्वारा खाइन्थे।

(यो पनि हेर्नुहोस्: होमबलि, दोषबलि, बलिदान, पापबलि)

​बाइबल सन्दर्भहरू:

१ इतिहास २३:२७-२९

प्रस्थान २९:४१-४२

न्यायकर्ताहरू १३:१९

लेवी २:२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H4503, H8641