ne_tw/bible/kt/falsegod.md

8.2 KiB

झुटो देवता, पराइ देवता, देवता, देवी

परिभाषा:

एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नुको साटो मानिसहरूले पूजा गर्ने अर्को कुनै पनि कुरालाई झुटो देवता भनिन्छ । स्‍त्री वाचक झुटो देवतालाई “देवी” भनिन्छ ।

  • यी झुटा देवी देवताहरू अस्तित्वमा छैनन् । याहोवे एक मात्र परमेश्‍वर हुनुहुन्छ ।
  • मानिसहरूले आफ्ना झुटा देवताहरूको प्रतिकको रूपमा मूर्तिहरू बनाउँछन् ।
  • बाइबलमा पनि परमेश्‍वरका जनहरूले उहाँको आज्ञा पालना गर्नुको साटो बारम्बार । झुटा देवताहरूको पूजा गरेको कुरा पाइन्छ ।
  • शैतानले मानिसहरूलाई झुटो देवतामा शक्‍ति हुन्छ भन्‍ने कुरा विश्‍वास गर्न लगाएर तिनीहरूलाई भ्रममा पार्दछ ।
  • बाइबलको समयमा मानिसहरूले पूजा गर्ने गरेका धेरै देवताहरूमध्ये बाल, दागोन र मोलोख तिन देवता हुन् ।
  • अशेरा र आर्तेमिस प्रचीन मानिसहरूले पूजा गर्ने दुई देवी हुन् ।

मूर्ति भनेको एउटा वस्‍तु हो जसलाई मानिसहरूले बनाए ताकि तिनिहरूले पूजा गर्न सकुन्। कुनै कुरालाई "मूर्तिपूजक" भनेर वर्णन गरिन्‍छ यदि एक साचोँ परमेश्‍वर बाहेक अरू कुरालाई आदर दिन्‍छ।

  • मानिसहरूले तिनिहरूले पूजा गर्ने झुटा देवताहरुलाई   प्रतिनिधित्‍व गर्न मूर्तिहरू बनाउँछन्।
  • यो झुटा देवताहरूको कुनै अस्‍तित्‍व छैन्ः परमेश्‍वर बाहेक कोहि ईश्‍वर छैन।
  • कहिलेकाहिँ भूतहरूले मूर्तिको माध्‍यमबाट त्‍यसमा शक्ति छ जस्‍तो देखाउनको लागि काम गर्छन् तर वास्‍तवमा त्‍यस्‍तो चाहिँ हुदैँन।
  • मूर्तिहरू प्रायः सुन, चादिँ, कासाँ वा महँगो काठ जस्‍ता बहुमूल्‍य सामग्रिहरूबाट बनेका हुन्‍छन्।
  • "मूर्तिपूजक राज्‍य" को अर्थ "मूर्तिपूजा गर्ने मानिसहरूको राज्‍य" वा "राज्‍य जसका मानिसहरूले पृथ्‍विका थोकहरूलाई  पूज्‍छन्" हो।
  • "मूर्तिपूजकको आकृति" शब्‍दलाई अरू शब्‍दमा "कुँदिएको छवि" वा "मूर्ति"  भन्‍न सकिन्‍छ।

अनुवादका लागि सुझावहरूः

  • त्‍यहाँ पहिले नै तिनिहरूको भाषामा वा नजिकैको भाषामा "देवता" वा "झुटा देवता" को लागि कुनै शब्‍द प्रयोग गरिएको हुनुपर्छ।
  • "मूर्ति" शब्‍दलाई झुटा देवताहरूलाई जनाउन प्रयोग गर्न सकिन्‍छ।
  • अंग्रेजिमा, सानो अक्षरमा लेखिएको "g" झुटा देवताहरूलाई बुझाउन प्रयोग गरिन्‍छ, र ठुलो अक्षर "G" ले एक साचोँ परमेश्‍वरलाई बुझाउन प्रयोग गरिन्‍छ। अन्‍य भाषाहरूले पनि त्‍यसै गर्छन्।
  • अर्को विकल्‍प भनेको झुटा देवताहरूलाई सन्‍दर्भ गर्न पूर्णतया फरक शब्‍द प्रयोग गर्नु हो।
  • कुनै कुनै भाषाहरूले झुटा देवताहरूलाई वर्णन गर्न पुरुष वा नारि शब्‍दहरू थप्‍न सक्‍छ।

(हेर्नुहोस्ः परमेश्‍वर, अशेरा, बाल, मोलेक, दुष्‍ट, छवि, राज्‍य, आराधना)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति ३५ः२
  • प्रश्‍थान ३२ः१
  • भजनसंग्रह ३१ः६
  • भजनसंग्रह ८१ः८-१०
  • यशैया ४४ः२०
  • प्रेरित ७ः४१
  • प्रेरित ७ः४३
  • प्रेरित १५ः२०
  • प्रेरित१९ः२७
  • रोमि २ः२२
  • गलाती ४ः८-९
  • गलाती ५ः१९-२१
  • कलस्‍सी ३ः५
  • १ थेसलोनिकि १ः९

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १०ः२ यि विपत्तिहरूद्वारा, परमेश्‍वरले फारोलाई देखाउनुभयो कि उहाँ फारो र मिश्रका सबै देवताहरू भन्‍दा शक्‍तिशाली हुनुहुन्‍छ।
  • १३ः४ तब परमेश्‍वरले तिनिहरूलाई करार दिनुभयो र भन्‍नुभयो, "म, परमप्रभु तिनिहरूका परमेश्‍वर हुँ, जसले तिनिहरूलाई मिश्रको दासत्‍वबाट बचाउनुभयो। अरू देवताहरूको पूजा नगर।"
  • १४ः२ तिनिहरूले (कनानिहरूले) झुटा देवताहरूको पूजा गरे र धेरै खराब कामहरू गरे।
  • १६ः१ इस्राएलिहरूले साचोँ परमेश्‍वर यहोवाको सट्टा कनानि देवहरूको पूजा गर्न थाले।
  • १८ः१३ र यहुदाका अधिकांश राजाहरू दुष्‍ट , भ्रष्‍ट थिए त तिनिहरूले मूर्तिपूजा गर्थे। कतिपय राजाहरूले आफ्‍ना छोराछोरीलाई झुटा देवताहरूलाई बलिदानसमेत दिए।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0205, H0367, H0410, H0426, H0430, H0457, H1322, H1544, H1892, H2553, H3649, H4656, H4906, H5236, H5566, H6089, H6090, H6091, H6456, H6459, H6673, H6736, H6754, H7723, H8163, H8251, H8267, H8441, H8655, G14930, G14940, G14950, G14960, G14970, G22990, G27120