ne_ta/translate/figs-pronouns/01.md

6.9 KiB

वर्णन

कुनै व्यक्ति वा वस्तुलाई जनाउनको निम्ति नामको सट्टामा प्रयोग गरिने शब्दहरूलाई सर्वनामहरू भनिन्छ । उदारहणको लागिः म, हामी, तिमी, तपाईं, हजुर, ऊ, उहाँ, यो, त्यो, कोही । व्यक्तिवाचक (पुरुषवाचक) सर्वनाम धेरै प्रयोग हुने सर्वनाममा पर्छ ।

व्यक्तिवाचक सर्वनामहरू

वक्ताले कुरा गर्ने व्यक्ति, कुरा गरिने व्यक्ति वा कुरा गरिएको व्यक्तिमध्ये कसलाई जनाएको हो भन्‍ने बुझाउने सर्वनामलाई व्यक्तिवाचक सर्वनाम भनिन्छ । व्यक्तिवाचक सर्वनामले निम्‍न कुरा जनाउँछन् । यसैगरी अन्य प्रकारका सर्वनामका प्रयोगहरू पनि तल दिइएका छन् ।

पुरुष (व्यक्ति)

सङ्ख्या

  • एकवचन - एक (म, तिमी, ऊ, उनी, त्यो)
  • बहुवचन - एकभन्दा धेरै (हामी, तिमीहरू, उनीहरू)
  • दोहोरो - दुई (केही भाषाहरूमा दुई वा दुईभन्दा धेरै वस्तुहरूलाई जनाउने सर्वनामहरू पनि हुन्छन् ।)

लिङ्ग

  • पुलिङ्ग - ऊ
  • स्त्रीलिङ्ग - उनी
  • नपुंसकलिङ्ग - त्यो

वाक्यमा अन्य शब्दहरूसँगको सम्बन्ध

  • क्रियापदको कर्म: म, तिमी, ऊ, उनी, त्यो, हामी, तिनीहरू
  • क्रियापदको कर्म वा नामयोगीः मैले, उसले, उसलाई, उनलाई, हामीलाई,उनीहरूलाई
  • नामसँग आएर स्वामित्व जनाउनेः मेरो, उसको, तिम्रो, उनको, हाम्रो, उनीहरूको
  • नामबिना आएर स्वामित्व जनाउनेः मेरो, तिम्रो, उसको, उनको

सर्वनामका अन्य प्रकारहरू

निजवाचक सर्वनामहरू ले उही वाक्यमा भएको अर्को नाम वा सर्वनामलाई जनाउँछन्ः आफैँ, स्वयम्, आफू ।

  • यूहन्‍नाले आफैँलाई ऐनामा हेर्‍यो - "आफैँ" शब्दले यूहन्‍नालाई जनाउँछ ।

प्रश्‍नवाचक सर्वनामहरूले कुनै वस्तु वा व्यक्तिको बारेमा प्रश्‍न गर्छन् । यस्तो सर्वनामको प्रयोग हो वा होइन भन्‍ने जवाफको आशा नगरिएको अवस्थामा गरिन्छः को, के, कुन, कसले आदि ।

  • यो घर कसले बनायो?

सम्बन्धवाचक सर्वनामहरूले एउटा उपवाक्यसँग अर्को उपवाक्यको सम्बन्ध देखाउँछन् । यिनीहरूले वाक्यको मूख्य भागको बारेमा थप कुरा बताउँछन्ः जो, जे, जुन ।

  • मैले एउटा घर देखेँ जुन यूहन्‍नाले बनाएको हो । "जुन यूहन्‍नाले बनाएको हो" उपवाक्यले मैले देखेको घरको बारेमा बताउँछ ।
  • मैले त्यस मानिसलाई देखेँ जसले घर बनायो । "जसले घर बनायो" उपवाक्यले मैले कुन मानिसलाई देखेँ भन्‍ने कुरा बताउँछ ।

दर्शक सर्वनामहरूले निकट वा टाढा रहेका व्यक्ति तथा पदार्थलाई तोकेर देखाउँछन्ः यो, यी, त्यो, ती ।

  • के तपाईंले "यसलाई" यहाँ देख्‍नुभयो?
  • त्यहाँ भएको त्यो को हो?

अनिश्‍चितवाचक सर्वनामहरूले कुनै अनिश्‍चित नामलाई जनाउँछन्ः जोसुकै, जेसुकै, कोही, केही, कसै ।

  • कोहीसँग पनि बोल्‍न चाहँदैन् ।
  • यसलाई कसैले मर्मत गर्‍यो, तर कसले हो मलाई थाहा छैन ।
  • कसैले भनेको छ सुतेको कुकुरलाई कसैले पनि उठाउनु हुँदैन ।

उदाहरणमा "कोही" ले सामान्यातयाः मानिसहरूलाई जनाउँछ ।