ne_ta/translate/figs-exclusive/01.md

6.3 KiB

वर्णन

केही भाषाहरूमा "हामीः" का एकभन्दा बढी रूप हुन्छन् । "म र तँ/तिमी/तपाईं/हजुर" लाई जनाउनेलाई समावेशी र "म र अरू कोहीलाई जनाउने तर तँ/तिमी/तपाईं/हजुरलाई" नजाउनेलाई असमावेशी भनिन्छ । असमावेशीले जोसँग बोलिन्छ उसलाई समावेश गर्दैन । समावेशीले जोसँग बोलिन्छ उसलाई र अन्यलाई पनि समेट्छ । "हामी," र "हाम्रो," मा पनि यही कुरा लागु हुन्छ । केही भाषाहरूमा यी सबैका समावेशी र असमावेशी दुबै रूप हुन्छन् । समावेशी र असमावेशी दुबै फरक भएका भाषामा अनुवाद गर्नुपर्ने अनुवादकहरूले वक्ताले भन्‍न खोजेको कुरा बुझेर कुन रूपको प्रयोग गर्ने भन्‍ने निर्णय गर्नुपर्छ ।

तस्बिरहरू हेर्नुहोस् । वक्ता दायाँ तर्फ दिइएका मानिसहरूसँग बोलिरहेका छन् । पहेंलो हाइलाइटले समावेशी "हामी" र असमावेशी "हामी" ले बुझाउने व्यक्तिलाई जनाउँछ ।

यो अनुवादको विषय हुनुको कारण

बाइबललाई सुरुमा हिब्रू, अरामेइक र ग्रीक भाषाहरूमा लेखिएको थियो । अँग्रेजीमा जस्तो यी भाषाहरूमा "हामी" का फरक फरक समावेशी र असमावेशी छैनन् । भाषामा समावेशी र असमावेशी दुबै रूप भएका अनुवादकहरूले वक्ताले भन्‍न खोजेको कुरा राम्ररी बुझ्‍न जरूरी छ, ताकि "हामी" को कुन रूप प्रयोग गर्ने हो सो स्पष्ट हुन सकोस् ।

बाइबलबाट उदाहरणहरू

तिनीहरूले भने, “हामीहरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्‍नुपर्ला । (लूका ९:१३)

पहिलो उपवाक्यमा, चेलाहरूले तिनीहरूसँग भएको खानेकुराको बारेमा येशूलाई बताउँदै छन्, यसैले यहाँ प्रयोग भएको "हामी" समावेशी र असमावेशी दुबै हुन सक्छ । दोस्रो उपवाक्यमा तिनीहरूमध्ये केही खानेकुरा किन्‍न जाने कुरा छ, यसैले यहाँ प्रयोग भएको "हामी" "असमावेशी" हो, किनकि येशू तिनीहरूसँग जानुहुने थिएन ।

यो जीवन प्रकट भयो, र हामीले देख्‍यौं, र हामी गवाही दिन्‍छौं, र तिमीहरूलाई त्‍यस अनन्‍त जीवनको सन्‍देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो । (१ यूहन्‍ना १:२)

यूहन्‍नाले आफूले र अरू प्रेरितहरूले देखेका तर अरूले नदेखेका येशूको बारेमा मानिसहरूलाई बताइरहेका छन् । असमावेशी रूप प्रयोग गरिने भाषाहरूमा "हामी" र "हामीसँग" का असमावेशी रूपको प्रयोग गर्न सकिन्छ ।

… गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्‍म जाऔं, र त्‍यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं ।” (लूका २:१५)

गोठालाहरू एकापसमा कुरा गरिरहेका थिए । यहाँ तिनीहरूले "हामी" शब्दको प्रयोग गर्दा तिनीहरूले कुरा गरिरहेका मानिसहरूलाई पनि समेटेका थिए ।

एक दिन उहाँ आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हामी तालको पारिपट्टि जाऔं।” र उहाँहरू डुङ्गामा चढी जानुभयो । (लूका ८:२२ )

येशूले "हामी" भनेर आफू र आफूले कुरा गरिरहनु भएका चेलाहरूलाई जनाउनुभयो, यसैले यो समावेशी रूप हो ।