ne_ta/translate/figs-you/01.md

2.8 KiB

एकवचन, दुई जनालाई जनाउने र बहुवचन

केही भाषाहरूमा "तिमी" ले कति जना मानिसहरूलाई जनाउँछ भन्‍ने कुराको आधारमा "तिमी" को निम्ति एउटाभन्दा बढी शब्दको प्रयोग गरिन्छ । एकवचनले एक जना मानिसलाई जनाउँछ भने बहुवचनले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ । कुनै भाषामा दुई जनालाई जनाउने रूप का साथै तिन वा चार जनालाई जनाउने रूप पनि हुन्छ ।

यसको निम्ति http://ufw.io/figs_younum मा रहेको भिडियो पनि हेर्न सक्नुहुन्छ ।

कहिलेकाहिँ बाइबलमा कुनै वक्ताले भिडलाई सम्बोधन गरेको भएता पनि "तिमी" को एकवचन नै प्रयोग गरेको पाउँछौँ ।

औपचारिक र अनौपचारिक

केही भाषाहरूमा वक्ता र श्रोता बिचको सम्बन्धको आधारमा "तिमी" का एकभन्दा धेरै रूपहरूको प्रयोग गरिन्छ । आफूभन्दा ठूला वा नचिनेका व्यक्तिहरूलाई जनाउनको निम्ति "तिमी" को औपचारिक रूप "तपाईं" वा "हजुर" को प्रयोग गरिन्छ भने नजिकको साथी वा परिवारको मानिस वा आफूभन्दा सानो व्यक्तिलाई सम्बोधन गर्नको लागि अनौपचारिक रूप "तिमी" वा "तँ" को प्रयोग गरिन्छ ।

यसको निम्ति http://ufw.io/figs_youform मा रहेको भिडियो पनि हेर्न सक्नुहुन्छ ।

यसलाई अनुवाद गर्ने कार्यमा मदतको निम्ति तल दिइएको जानकारी पढ्नुहोस् ।