ne_ta/translate/figs-youformal/01.md

8.4 KiB

वर्णन

केही भाषाहरूमा "तिमी" का औपचारिक र अनौपचारिक दुवै रूपहरू हुन्छन् । यो पृष्ट ती दुवै रूप भएका भाषाहरूको निम्ति हो ।

केही भाषाहरूमा आफूभन्दा ठूला वा नचिनेका व्यक्तिहरूलाई जनाउनको निम्ति "तिमी" को औपचारिक रूप "तपाईं" वा "हजुर" को प्रयोग गरिन्छ भने नजिकको साथी वा परिवारको मानिस वा आफूभन्दा सानो व्यक्तिलाई सम्बोधन गर्नको लागि अनौपचारिक रूप "तिमी" वा "तँ" को प्रयोग गरिन्छ । अरु भाषाहरूमा भने नचिनेका व्यक्तिहरूलाई जनाउनको निम्ति "तिमी" को औपचारिक रूप र परिवारका सदस्य र नजिकका मित्रहरूलाई जनाउनको निम्ति अनौपचारिक रूपको प्रयोग गरिन्छ ।

यो अनुवादको विषय हुनुका कारणहरू

  • बाइबल हिब्रू, आरामेइक र ग्रीक भाषामा लेखिएको थियो र ती भाषाहरूमा "तिमी" का औपचारिक र अनौपचारिक रूप छैनन् ।
  • अङ्ग्रेजी र अन्य स्रोत भाषाहरूमा पनि तिमी" का औपचारिक र अनौपचारिक रूप छैनन् ।
  • "तिमी" का औपचारिक र अनौपचारिक रूप नभएको स्रोत पाठबाट अनुवाद गर्ने अनुवादकहरूले उक्त भाषामा ती रूपहरूलाई कसरी प्रयोग गरिएको छ भन्‍ने कुरा बुझ्‍नु जरुरी छ । ती भाषाका नियमहरू अनुवादकको भाषाका नियमहरूसँग मिल्दैनन् ।
  • आफ्नो भाषामा उचित रूपको प्रयोग गर्नको निम्ति वक्ता र श्रोता बिचको सम्बन्धलाई अनुवादकहरूले बुझ्‍नुपर्ने हुन्छ ।

अनुवाद रणनीतिहरू

  • आफूले कुरा गरिरहेको व्यक्तिसँग वक्ताको सम्बन्ध के छ भन्‍ने कुरा बुझ्‍नुहोस् ।
  • आफूले कुरा रिरहेको व्यक्तिप्रति वक्ताको मनोवृत्ति कस्तो छ भन्‍ने कुरा बुझ्‍नुहोस् ।
  • आफ्नो भाषामा उक्त सम्बन्ध र मनोवृत्तिलाई प्रतिनिधित्व गर्ने रूपको छनौट गर्नुहोस् ।

बाइबलबाट उदाहरणहरू

तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?” (उत्पत्ति ३:९ )

परमेश्‍वर मानिसभन्दा माथिको अधिकारमा हुनुहुन्छ, त्यसैले "तिमी" का औपचारिक र अनौपचारिक रूप भएका भाषाहरूमा अनौपचारिक रूपको प्रयोग गरिन्छ ।

माननीय थियोफिलस, मैले आरम्‍भदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्‍ति क्रमैअनुसारको एउटा विवरण लेख्‍न मलाई असल लाग्‍यो, ताकि तपाईंलाई बताइएका विषयहरूको सत्‍यता तपाईंलाई थाहा होस्‌ । (लूका १:३-४ )

लूकाले थियोफिलसलाई "माननीय" भनेका छन् । सायद थियोफिलस उच्च दर्जाका अधिकारी थिए र लूकाले तिनलाई सम्मान गरेका छन् । "तिमी" को औपचारिक रूप भएका भाषाहरूले त्यही रूपको प्रयोग गर्नु उचित हुन्छ ।

हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस् ‌। (मत्ती ६:९ )

यो येशूले आफ्ना चेलाहरूलाई सिकाएको प्रार्थनाको भाग हो । केही भाषाहरूमा "तिमी" को औपचारिक रूपको प्रयोग गरिन्छ किनकि परमेश्‍वर अधिकारको तहमा हुनुहुन्छ । केही भाषाहरूमा परमेश्‍वर हाम्रा पिता हुनुभएको कारण "तिमी" को अनौपचारिक रूपको प्रयोग गरिन्छ ।

अनुवादका रणनीतिहरू

आफ्नो भाषामा "तिमी" का औपचारिक र अनौपचारिक दुवै रूप भएका अनुवादकहरूले आफ्नो भाषामा "तिमी" को उचित रूपको प्रयोग गर्नको निम्ति वक्ता र श्रोता बिचको सम्बन्धलाईब बुझ्‍नुपर्छ ।

"तिमी" को औपचारिक र अनौपचारिक कुन रूपको प्रयोग गर्ने हो भन्‍ने निर्णय

१. वक्ताहरू बिचको सम्बन्धमा ध्यान दिनुहोस् ।

  • के एउटा वक्ता अर्कोभन्दा माथिल्लो दर्जाको छ?
  • के एउटा वक्ता अर्कोभन्दा पाको छ?
  • के वक्ताहरू एउटै परिवारका सदस्य, नाता पर्ने, मित्र, नचिनेका, वा शत्रुहरू हुन्?

२. यदि तपाईंसँग "तिमी" का औपचारिक र अनौपचारिक दुवै रूपहरू भएको बाइबल छ भने त्यसमा कस्तो रूपको प्रयोग गरिएको छ भन्‍ने हेर्नुहोस् । उक्ता बाइबलमा प्रयोग गरिएको भाषा र तपाईंको भाषाका नियमहरू फरक हुन सक्छन् भन्‍ने कुरामा ध्यान दिनुहोस् ।

अनुवादका रणनीतिहरूको प्रयोग

अङ्ग्रेजीमा "तिमी" का औपचारिक र अनौपचारिक रूपहरू नभएको हुनाले हामी तिनका उदाहरणहरू दिन असमर्थ छौँ । माथि दिइएका उदाहरण तथा छलफल हेर्नुहोस् ।

( http://ufw.io/figs_youform मा भएको भिडियो हेर्न सक्नुहुन्छ ।)