ne_ta/translate/figs-youcrowd/01.md

8.9 KiB

वर्णन

बाइबल हिब्रू, आरामेइक र ग्रीक भाषामा लेखिएको थियो । ती भाषाहरूमा "तिमी" को एकवचन रूपले एक जना व्यक्तिलाई र बहुवचन रूपले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ । तर कहिलेकाहिँ एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउनको निम्ति एकवचन को प्रयोग पनि गरिएको छ । अङ्ग्रेजी बाइबल पढ्दा यो त्यति स्पष्ट देखिन्‍न किनकि अङ्ग्रेजीमा "तिमी" को एकवचन र बहुवचन दुवै रूप एउटै हुन्छ । तर दुवै रूप भएका भाषामा यसलाई स्पष्ट देख्‍न सकिन्छ ।

यसैगरी पुरानो करारमा मानिसहरूको समूहहरूलाई जनाउनको निम्ति बहुवचन सर्वनाम "उनीहरू" को ठाउँमा एकवचन सर्वनाम "ऊ" को प्रयोग गरिएको छ ।

यो अनुवादको विषय हुनुको कारण

  • धेरै भाषाहरूमा "तिमी" को सामान्य रूपको प्रयोग गरिएको हुन्छ यसको निम्ति त्यसले एकवचन वा बहुवचन केलाई जनाएको छ भन्‍ने कुरा अनुवादकले राम्ररी बुझ्‍नुपर्छ ।
  • केही भाषाहरूमा एकभन्दा धेरै व्यक्तिको बारेमा कुरा गर्दा एकवचनको प्रयोग गर्दा यसले पाठक वा श्रोतालाईअलमलमा पार्न सक्छ ।

बाइबलबाट उदाहरणहरू

“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर । नत्रता स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ । “यसकारण जब तिमी दान दिन्‍छौ, तब आफ्‍ना सामु तुरही नबजाऊ, जस्‍तो ढोंगीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्‌ । साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌ । (मत्ती ६:१,२ )

येशूले यो भिडलाई भन्‍नुभएको हो । पहिलो पदमा उहाँले "तिमी" को बहुवचन रूपको प्रयोग गर्नुभयो र पद दुईको पहिलो वाक्यमा "तिमी" को एकवचन रूपको प्रयोग गर्नुभयो तर दोस्रो वाक्यमा फेरि बहुवचन रूप नै प्रयोग गर्नुभयो ।

अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो: “म परमप्रभु तिम्रा परमेश्‍वर हुँ, जसले तिमीलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ । “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू । ” (प्रस्थान २०:१-३ )

यो परमेश्‍वरले इस्राएलका मानिसहरूलाई भन्‍नुभएको हो । उहाँले तिनीहरू सबैलाई मिश्रबाट निकाल्नुभयो र त्यसैले तिनीहरूले उहाँको आज्ञा पालना गरून् भन्‍ने उहाँको इच्छा थियो तर उहाँले तिनीहरूसँग कुरा गर्नको निम्ति उहाँले तिमीको एकवचन रूपको प्रयोग गर्नुभयो ।

परमप्रभु यसो भन्‍नुहुन्‍छ: “एदोमका तीन पापहरू, अथवा चारै वटा पापहरूका कारण, म मेरो क्रोध हटाउनेछैनँ । त्‍यसले सबै दयालाई रोकेर उटा तरवार लिई आफ्‍ना भाइहरूलाई खेदेको हुनाले, र त्‍यसको रीस निरन्‍तर दन्‍किरहेको र त्यसको क्रोध सधैँसम्‍मको लागि जलिरहेकोले” (आमोस १:११ )

परमप्रभुले यी कुराहरू एदोम जातिको निम्ति भन्‍नुभएको हो, एउटा मानिसलाई मात्र होइन ।

अनुवादका रणनीतिहरू

यदि मानिसहरूको समूहलाई जनाउनको निम्ति एकवचन सर्वनामको प्रयोग उचित र स्वभाविक हुन्छ भने त्यसको प्रयोग गर्नुहोस् ।

  • यसको प्रयोग वक्ता को हो र वक्ताले कोसँग वा कसको बारेमा कुरा गरेको हो भन्‍ने कुरामा आधारित हुन्छ ।
  • वक्ताले के भनिरहेको छ भन्‍ने कुरामा पनि यो भर पर्छ ।

१. यदि मानिसहरूको समूहलाई जनाउनको निम्ति एकवचन सर्वनाम उचित हुँदैन भने वा पाठकहरू अलमलमा पर्ने सम्भावना छ भने सर्वनामको बहुवचन रूप प्रयोग गर्नुहोस् ।

अनुवादका रणनीतिहरू

१. यदि मानिसहरूको समूहलाई जनाउनको निम्ति एकवचन सर्वनाम उचित हुँदैन भने वा पाठकहरू अलमलमा पर्ने सम्भावना छ भने सर्वनामको बहुवचन रूप प्रयोग गर्नुहोस् ।

परमप्रभु यसो भन्‍नुहुन्‍छ: “एदोमका तीन पापहरू, अथवा चारै वटा पापहरूका कारण, म मेरो क्रोध हटाउनेछैनँ । त्‍यसले सबै दयालाई रोकेर एउटा तरवार लिई आफ्‍ना भाइहरूलाई खेदेको हुनाले, र त्‍यसको रीस निरन्‍तर दन्‍किरहेको र त्यसको क्रोध सधैँसम्‍मको लागि जलिरहेकोले” (आमोस १:११ )

परमप्रभु यसो भन्‍नुहुन्‍छ: “एदोमका तीन पापहरू, अथवा चारै वटा पापहरूका कारण, म मेरो क्रोध हटाउनेछैनँ । तिनीहरूले सबै दयालाई रोकेर एउटा तरवार लिई आफ्‍ना भाइहरूलाई खेदेका हुनाले, र तिनीहरूको रीस निरन्‍तर दन्‍किरहेको, र तिनीहरूको क्रोध सधैँसम्‍मको लागि जलिरहेकोले”