ne_ta/translate/figs-rpronouns/01.md

14 KiB

वर्णन

एउटा वाक्यभित्र कुनै एक व्यक्तिले दुई फरक भूमिका खेलेको कुरालाई देखाउने सबै भाषाका आफ्नै शैलीहरू हुन्छन् । अङ्ग्रेजी र नेपाली भाषामा यसको निम्ति निजवाचक सर्वनामहरूको प्रयोग गरिन्छ । यी सर्वनामहरूले वाक्यमा पहिले नै उल्लेख गरिएका व्यक्ति वा वस्तुलाई जनाउँछन् । नेपाली भाषामा निजवाचक सर्वनामहरू निम्‍न छन्ः आफैँ, स्वयम्, आफू । यसलाई अभिव्यक्त गर्ने अरू भाषाका अरू नै शैलीहरू छन् ।

यो अनुवादको विषय हुनुको कारण

  • उटा वाक्यभित्र कुनै एक व्यक्तिले दुई फरक भूमिका खेलेको कुरालाई देखाउने सबै भाषाका आफ्नै शैलीहरू हुन्छन् । ती भाषाहरूमा नेपाली निजवाचक सर्वनामलाई अनुवाद गर्ने तरिकाको बारेमा अनुवादकहरूलाई थाहा हुनुपर्छ ।
  • अङ्ग्रेजी भाषामा निजवाचक सर्वनामका अन्य प्रयोगहरू पनि छन् ।

निजवाचक सर्वनामका प्रयोगहरू

  • कुनै एक व्यक्ति वा वस्तुले एउटा वाक्यभित्र दुई फरक भूमिकाहरू खेलेको छ भन्‍ने देखाउन
  • वाक्यमा कुनै एक व्यक्ति वा वस्तुलाई जोड दिन
  • कुनै व्यक्तिले एक्लै गरेको कुरालाई जनाउन
  • कोही व्यक्ति वा केही कुरा एक्लै थियो भन्‍ने कुरा देखाउन

बाइबलबाट उदाहरणहरू

एउटा वाक्यभित्र कुनै एक व्यक्तिले दुई फरक भूमिका खेलेको कुरालाई देखाउनको निम्ति निजवाचक सर्वनामहरूको प्रयोग गरिन्छ ।

यदि मैले आफ्‍नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्‍य हुँदैन । (यूहन्‍ना ५:३१ )

यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफू-आफूलाई शुद्ध पार्न भनी निस्‍तार-चाडको आरम्‍भ हुन अघि यरूशलेममा गए । (यूहन्‍ना ११:५५ )

वाक्यमा कुनै एक व्यक्ति वा वस्तुलाई जोड दिन निजवाचक सर्वनामको प्रयोग गरिन्छ ।

वास्‍तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे । (यूहन्‍ना ४:२ )

अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्‍नुभएको थियो त्‍यसैमा उहाँलाई चेलाहरूले आफ्‍नासाथ लगे । र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए । अनि त्‍यहाँ ठूलो हुरी-बतास चल्‍यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्‍म कि डुङ्गा पानीले भरिन लाग्‍यो । उहाँ आफैचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो । तिनीहरूले उहाँलाई यसो भन्‍दै बिउँझाए, “गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं भन्‍ने के तपाईंलाई वास्‍ता छैन?” (मर्कूस ४:३६-३८ )

कुनै व्यक्तिले एक्लै गरेको कुरालाई जनाउनको निम्ति निजवाचक सर्वनामको प्रयोग गरिन्छ ।

तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्‍दैछन्‌ भन्‍ने थाहा पाएर येशू फेरि आफू एकलै डाँडामा जानुभयो । (यूहन्‍ना ६:१५ )

कोही व्यक्ति वा केही कुरा एक्लै थियो भन्‍ने कुरा देखाउनको निम्ति निजवाचक सर्वनामको प्रयोग गरिन्छ ।

सिमोन पत्रुस त्‍यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपडाहरू मात्र त्‍यसै पडिरहेका देखे । उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपडाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्याएर राखिएको थियो । (यूहन्‍ना २०:६-७ )

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा निजवाचक सर्वनामको प्रयोग त्यही प्रयोजनको निम्ति गरिन्छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि गरिन्‍न भने अन्य रणनीतिहरू तल दिइएका छन्ः

१. केही भाषाहरूमा क्रियापदको कर्म क्रियापदको कर्ता नै हो भन्‍ने देखाउन क्रियापदमा केही थप्‍ने गरिन्छ । २. केही भाषाहरूमा कुनै व्यक्ति वा वस्तुलाई जोड दिनको निम्ति त्यसलाई वाक्यको विशेष ठाउँमा राख्‍ने गरिन्छ । ३. केही भाषाहरूमा कुनै व्यक्ति वा वस्तुलाई जोड दिनको निम्ति उक्त शब्दमा अर्को शब्द जोडेर लेखिन्छ । ४. केही भाषाहरूमा कुनै व्यक्तिले एक्लै कुनै काम गरेको हो भन्‍ने देखाउनको निम्ति "एक्लै" शब्दको प्रयोग गरिन्छ । ५. केही केही भाषाहरूमा कुनै कुरा एक्लै थियो भन्‍ने देखाउनको निम्ति त्यो ठाउँ कहाँ थियो भनेर बताउने गरिन्छ ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. केही भाषाहरूमा क्रियापदको कर्म क्रियापदको कर्ता नै हो भन्‍ने देखाउन क्रियापदमा केही थप्‍ने गरिन्छ ।

  • यदि मैले आफ्‍नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्‍य हुँदैन । (यूहन्‍ना ५:३१)
    • “यदि मैले आफूले आफ्नै गवाही दिएँ भने मेरो गवाही सत्‍य हुँदैन ।”
  • यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफू-आफूलाई शुद्ध पार्न भनी निस्‍तार-चाडको आरम्‍भ हुन अघि यरूशलेममा गए । (यूहन्‍ना ११:५५)
    • “यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफैँलाई शुद्ध पार्न भनी निस्‍तार-चाडको आरम्‍भ हुन अघि यरूशलेममा गए ।”

२. केही भाषाहरूमा कुनै व्यक्ति वा वस्तुलाई जोड दिनको निम्ति त्यसलाई वाक्यको विशेष ठाउँमा राख्‍ने गरिन्छ

  • यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो ।” (मत्ती ८:१७ )

    • उहाँ जसले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो । ”
  • वास्‍तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे । (यूहन्‍ना ४:२)

    • “वास्‍तवमा येशूले होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे ।”

३. केही भाषाहरूमा कुनै व्यक्ति वा वस्तुलाई जोड दिनको निम्ति उक्त शब्दमा अर्को शब्द जोडेर लेखिन्छ । अङ्ग्रेजी र नेपालीमा निजवाचक सर्वनामको प्रयोग गरिन्छ ।

  • उहाँले तिनको जाँच गर्नलाई यो भन्‍नुभएको थियो, किनभने उहाँ आफैले जे गर्न लाग्‍नुभएको थियो, सो उहाँलाई थाहा थियो । (यूहन्‍ना ६:६)

४. केही भाषाहरूमा कुनै व्यक्तिले एक्लै कुनै काम गरेको हो भन्‍ने देखाउनको निम्ति "एक्लै" शब्दको प्रयोग गरिन्छ ।

  • तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्‍दैछन्‌ भन्‍ने थाहा पाएर येशू फेरि आफू एकलै डाँडामा जानुभयो । (यूहन्‍ना ६:१५)
    • “तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्‍दैछन्‌ भन्‍ने थाहा पाएर येशू फेरि आफू एकलै डाँडामा जानुभयो ।”

५. केही केही भाषाहरूमा कुनै कुरा एक्लै थियो भन्‍ने देखाउनको निम्ति त्यो ठाउँ कहाँ थियो भनेर बताउने गरिन्छ ।

  • सिमोन पत्रुस त्‍यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपडाहरू मात्र त्‍यसै पडिरहेका देखे । उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपडाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्याएर राखिएको थियो । (यूहन्‍ना २०:६-७ )
    • “सिमोन पत्रुस त्‍यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपडाहरू मात्र त्‍यसै पडिरहेका देखे । उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपडाहरूसँग थिएन, तर अलग्‍गै आफ्नै ठाउँमा पट्याएर राखिएको थियो । ”