ne_ta/translate/figs-partsofspeech/01.md

8.5 KiB

वर्णन

शब्दहरूको वर्गीकरणलाई शब्दवर्ग भनिन्छ । वाक्यमा फरक शब्दवर्गहरूको कार्य फरक-फरक हुन्छन् । सबै भाषाहरूमा शब्दवर्ग हुन्छन् र सबै शब्दहरू कुनै न कुनै शब्दवर्गमा अन्तर्गत पर्छन् । धेरै भाषाहरूमा निम्‍न आधारभूत शब्दवर्गहरू हुन्छन् र कुनैमा यीभन्दा पनि बढी वर्गहरू हुन्छन् । यो सूची आफैँमा पूर्ण छैन तर यसले आधारभूत वर्गीकरणलाई भने समेट्छ ।

क्रियापदहरूले कुनै कार्य (जस्तै आउनु, जानु, खानु) वा हुनुको भाव (हो, हुन्, थियो) लाई जनाउँछ । यसको बारेमा थप जानकारी क्रियापदहरूमा पाउन सकिन्छ । नामपदहरूले कुनै व्यक्त, ठाउँ, वस्तु वा विचारलाई जनाउँछन् । जातिवाचक नामपदहरूले कुनै विशेष नामलाई जनाउँदैन (मान्छे, सहर, देश) । व्यक्तिगत नामले कुनै निश्‍चित नामलाई जनाउँछ (पत्रुस, येरूशलेम, मिश्र) । (थप जानकारीको लागि नामहरूको अनुवाद कसरी गर्नेहेर्नुहोस् ।)

नामको ठाउँमा प्रयोग गरिने ऊ, उनी, यो, ऊ, तिनीहरू र हामीजस्ता शब्दहरूलाई सर्वनामहरू भनिन्छ । सर्वनामहरूको बारेमा थप जानकारी भएको पृष्ठको लागि सर्वनामहरूहेर्नुहोस् ।

संयोजकहरूले वाक्यांश वा वाक्यहरूलाई जोड्ने काम गर्छन् । उदाहरणः र, वा, तर, किनकि, या आदि । केही संयोजकहरूलाई जोडीमा प्रयोग गरिन्छः दुबै/र, या त/कि त, मात्र/तर यसको बारेमा थप जानकारी जोड्ने शब्दहरू मा पाउन सकिन्छ ।

नामयोगीहरूले कुनै एउटा नाम, सर्वनाम, वा विशेषणको बारेमा थप जानकारी दिन्छ । उदाहरणको लागि, "केटी आफ्नो बुबातिर दौडिई । यहाँ प्रयोग गरिएको शब्द "तिर" नामयोगी हो जसले बुबालाई आधार मानेर त्यो केटी दौडिएको दिशालाई जनाउँछ । अर्को उदाहरण, येशुको वरिपरिको भिड बढ्यो । यहाँ वरिपरिले येशूलाई आधार मानेर भिड कतापट्टि थियो भन्‍ने देखाउँछ । नामयोगीका उदाहरणहरूः तिर, भरि, पश्‍चात्, नजिक, झैँ, सम्म, समेत, सँग, बिना, निम्ति, सट्टा आदि ।

प्रयोग वक्ताले इङ्गित गरेको कुरा नामलाई श्रोता वा पाठकले पहिचान गरून् भन्‍ने चाहेको छ कि छैन भन्‍ने कुरा जनाउनको निम्ति निश्‍चय वा अनिश्‍चयसूचक शब्दहरूको गरिन्छ । अङ्ग्रेजी भाषामा 'a, an र the' निश्‍चय वा अनिश्‍चयसूचक शब्दहरू (articles) को प्रयोग गरिन्छ । aan ले एउटै अर्थ दिन्छन् । यदि वक्ताले “a dog," भन्यो भने उसले कुन कुकुरको बारेमा कुरा गरिरहेको छ भन्‍ने कुरा श्रोतालाई थाहा हुँदैन, यसले पहिलो पटक उक्त कुकुरको बारेमा कुरा गरेको हुनसक्छ । तर वक्ताले the dog भन्यो भने उसले कुनै निश्‍चित कुकुरको बारेमा कुरा गरिरहेको हुन्छ र श्रोताले पनि उसले कुन कुकुरको कुरा गरेको भनेर बुझून् भन्‍ने चाहन्छ । अङ्ग्रेजी भाषा बोल्ने मानिसहरूले कुनै कुरालाई सामान्यकृत गर्नको लागि पनि the को प्रयोग गर्छन् । उदाहरणको लागि तिनीहरूले हात्तीहरूलाई सामान्यकृत ढंगबाट जनाउनुपर्‍यो भने The elephant को प्रयोग गर्छन्, तिनीहरूले कुनै निश्‍चित हात्तीलाई जनाउनलाई यसो भनेका होइनन् । यसको बारेमा थप जानकारी नाम प्रयोग भएका सामान्य वाक्यांशहरूपाइन्छ ।

विशेषणहरूले नामपदहरूको वर्णन गर्छन् र तिनीहरूको मात्रा, आकार, रङ्ग वा उमेरको बारेमा बताउँछन् । कहिलेकाहीँ विशेषणहरूले केही कुराको बारेमा थप जानकारी दिन्छन् भने कुनै एक कुरालाई अर्को कुरादेखि पृथक देखाउनको निम्ति पनि यसको प्रयोग गर्ने गरिन्छ । उदाहरणको लागि, मेरो वृद्ध पिता मा वृद्ध शब्दले पिताको बारेमा थप जानकारी दिएको छ । तर मेरो जेठी दिदी मा जेठी शब्दले कुन दिदी हो भनेर देखाउँछ र यसले तोकिएको दिदी र अन्य दिदीमा भिन्‍नता देखाउँछ । थप जानकारीको लागि जानकारी दिने वा सम्झाउने तथा भिन्‍नता छुट्याउने

क्रियाविशेषणले क्रियापद वा विशेषणहरूको वर्णन गर्छन् र कति, कहिले, कसरी, कहाँ, किनजस्ता कुराहरूको बारेमा बताउँछन् । अङ्ग्रेजी भाषामा क्रियाविशेषणहरू ly मा अन्त्य हुन्छन् । केही उदाहरणहरूः बिस्तारै, राम्ररी, अति, हिजो आदि ।