ne_ta/translate/translate-names/01.md

21 KiB

विवरण

बाइबलमा धेरै मानिसहरू, मानिसहरूका समूहहरू, र स्थानहरूका नाउँहरू छन् । यीमध्ये केही नाउँहरू अनौठा सुनिन सक्‍छन् र भन्‍न गाह्रो हुन सक्‍छ । कहिलेकाहीँ कुनै नाउँले के जनाउँछ भनेर पाठकहरूलाई थाहा नहुन सक्‍छ, अनि कहिलेकाहीँ कुनै नाउँको अर्थ के हुन्छ भनेर तिनीहरूले बुझ्‍न जरुर‍ी हुन सक्‍छ । यी नाउँहरूलाई तपाईंले कसरी अनुवाद गर्न सक्‍नुहुन्छ भनेर र तिनको बारेमा मानिसहरूले के जान्‍न जरुर‍ी हुन्छ भनेर तिनीहरूले बुझ्‍नलाई तपाईंले तिनीहरूलाई कसरी मदत गर्न सक्‍नुहुन्छ भनेर देख्‍नमा यस पृष्‍ठले तपाईंलाई सहयोग गर्नेछ ।

नाउँहरूको अर्थ

बाइबलमा भएका अधिकांश नाउँहरूको अर्थ हुन्छ । धेरैजसो समय, बाइबलमा भएका नाउँहरू सामान्य रूपमा मानिसहरू र ठाउँहरूको पहिचान गर्नका लागि नै हो जसलाई ती नाउँहरूले जनाउँछन् । तर कहिलेकाहीँ नाउँको अर्थ खास गरेर महत्त्वपूर्ण हुन्छ ।

यो यिनै मल्कीसेदेक थिए, शालेमा राजा, सर्वोच्‍च परमेश्‍वरको पूजाहारी, जसले राजाहरूलाई मारेर फर्केका अब्राहामलाई भेटे र उनलाई आशिष् दिए । (हिब्रू ७:१ यूएलटी)

यहाँ लेखकले “मल्‍कीसेदेक” नाउँलाई मुख्य गरी त्यस नाउँ भएको मानिसलाई जनाउन प्रयोग गर्छन्, र “शालेमका राजा” भन्‍ने शीर्षकले हामीलाई भन्छ कि उनले कुनै एउटा सहरमाथि राज गर्थे ।

उनको “मल्‍कीसेदेक” नाउँको अर्थ “धार्मिकताको राजा”, र साथै “शालेमको राजा” भन्‍ने हुन्छ, अर्थात्, “शान्तिको राजा ।” (हिब्रू ७:२ यूएलटी)

यहाँ लेखकले मल्कीसेदेकका नाउँ र शीर्षकका अर्थहरूलाई व्याख्या गर्छन्, किनभने ती कुराहरूले हामीलाई त्य व्यक्तिको बारेमा अझ बढी भन्छन् । अरू समयहरूमा, लेखकले कुनै नाउँको अर्थलाई व्याख्या गर्दैनन् किनभने पाठकले अघिबाटै अर्थ बुझेको उनले अपेक्षा गर्छन् । यदि खण्‍डलाई बुझ्‍नका लागि नाउँको अर्थ महत्त्वपूर्ण छ भने, तपाईंले अर्थलाई खण्‍डमा वा कुनै पादटिप्‍पणीमा राख्‍न सक्‍नुहुन्छ ।

यो अनुवादको विषय हुनुका कारणहरू

  • पाठकहरूलाई बाइबलमा भएका केही नाउँहरू थाहा नभएको हुन सक्‍छ । कुनै नाउँले व्यक्ति वा स्थान वा अन्य कुनै थोकमा कसलाई जनाउँछ भनेर तिनीहरूलाई थाहा नहुन सक्‍छ ।
  • खण्‍डलाई बुझ्‍नका लागि पाठकहरूलाई कुनै नाउँको अर्थ बुझ्‍न जरुरी हुन सक्‍छ ।
  • केही नाउँहरूको फरक उच्‍चारणहरू वा उच्‍चारणहरूका संयोजनहरू हुन सक्‍छन् जुन तपाईंको भाषामा प्रयोग गरिँदैनन् वा तपाईंको भाषामा भन्‍दा नमिठो सुनिन्छ । यस समस्यालाई सम्‍बोधन गर्नका लागि, हेर्नुहोस् शब्द सापटी लिनु
  • बाइबलमा भएका केही मानिसहरू र स्थानहरूको दुईवटा नाउँहरू हुन्छन् । पाठकहरूले चाल नपाउन सक्‍छन् कि दुईवटा नाउँहरूले एउटै व्यक्ति वा स्थानलाई जनाउँछन् ।

बाइबलबाटका उदाहरणहरू

तिमीहरूले यर्दन तर्‍यौ अनि यरीहोमा आयौ । यरीहोका अनुवाहरूले अमोरीहरूका साथमा तिमीहरूको विरुद्धमा लडे । (यहोशू २४:११ यूएलटी)

पाठकहरूलाई थाहा नहुन सक्‍छ कि “यर्दन” एउटा नदीको नाउँ हो, “यरीहो” एउटा सहरको नाउँ हो, अनि “अमोरीहरू” मानिसहरूको एउटा समूहको नाउँ हो ।

तिनले भनिन्, “के म साँच्‍चै अझै देख्‍दैछु, उहाँले मलाई देख्‍नुभएपछि पनि ?” त्यसैकारण त्यस इनारको नाउँ बेअरलहैरोइ राखियो; (उत्पत्ति १६:१३-१४ यूएलटी)

“बेअरलहैरोइ”को अर्थ “जीवित हुनुहुनेको इनार जसले मलाई देख्‍नुहुन्छ” हो भनेर पाठकहरूलाई थाहा भएन भने तिनीहरूले दोस्रो वाक्यलाई नबुझ्‍न सक्‍छन् ।

तिनले उनलाई मोशा नाउँ दिइन् र भनिन्, “किनभने मैले उसलाई पानीबाट निकालेकी हुँ ।” (प्रस्थाम २:११ यूएलटी)

हिब्रूमा मोशा नाउँ चाहिँ “बाहिर निकाल्‍नु” भन्‍ने हिब्रू शब्दहरू जस्तो सुनिन्छ भनेर पाठकहरूलाई थाहा भएन भने तिनले किन यसो भनिन् भनेर तिनीहरूले नबुझ्‍न सक्‍छन् ।

शाऊल उनको मृत्युमा सहमत थिए । (प्रेरितहरू ८:१ यूएलटी)

यसो हुन आयो कि आइकोनियममा पावल र बारनाबास सभाघरमा एकसाथ प्रवेश गरे । (प्रेरितहरू १४:१ यूएलटी)

शाऊल र पावल नाउँहरूले एउटै व्यक्तिलाई जनाउँछन् भनेर पाठकहरूलाई थाहा नहुन सक्‍छ ।

अनुवादका रणनीतिहरू

१. यदि कुनै नाउँले कुन प्रकारको कुरालाई जनाउँछ भनेर पाठकहरूले सन्दर्भबाट सजिलैसँग बुझ्‍न सक्‍दैनन् भने, स्‍पष्‍ट बनाउनका लागि तपाईंले एउटा शब्द थप्‍न सक्‍नुहुन्छ । २. यदि कुनै नाउँको बारेमा के भनिएको छ भनेर बुझ्‍नका लागि पाठकहरूले त्यसको अर्थ बुझ्‍न आवश्‍यक हुन्छ भने, त्यो नाउँलाई सार्नुहोस् र कि त पाठ्यखण्‍डमा वा कुनै पादटिप्‍पणीमा त्यसको अर्थको बारेमा बताउनुहोस् । ३. अथवा यदि कुनै नाउँको बारेमा के भनिएको छ भनेर बुझ्‍नका लागि पाठकहरूले त्यसको अर्थ बुझ्‍न आवश्‍यक हुन्छ भने, र त्यो नाउँ एकपटक मात्र प्रयोग गरिएको छ भने, त्यो नाउँलाई सार्नको साटोमा त्यसको अर्थलाई अनुवाद गर्नुहोस् । ४. यदि कुनै व्यक्ति वा स्थानको दुईवटा भिन्‍न नाउँहरू छन् भने, अधिकांश समय एउटा नाउँलाई प्रयोग गर्नुहोस् र अर्को नाउँलाई तब मात्रै प्रयोग गर्नुहोस् जब पाठ्यखण्‍डले एउटाभन्दा बढी नाउँ भएको व्यक्ति वा स्थानको बारेमा बताउँछ अथवा जब त्यसले त्यो व्यक्ति वा स्थानलाई त्यो नाउँ किन दिइएको थियो भन्‍ने बारेमा केही कुरा बताउँछ । पाठ्यखण्‍डले कम प्रयोग भएको नाउँलाई प्रयोग गरेको समयमा पादटिप्‍पणी लेख्‍नुहोस् । ४. अथवा यदि कुनै व्यक्ति वा स्थानको दुई फरक नाउँहरू छन् भने, स्रोत पाठ्यखण्‍डमा दिइएको कुनै पनि नाउँलाई प्रयोग गर्नुहोस्, र अर्को नाउँ दिने पादटिप्‍पणी थप्‍नुहोस् ।

अनुवादका रणनीतिहरू लागु गरिएका उदाहरणहरू

१. यदि कुनै नाउँले कुन प्रकारको कुरालाई जनाउँछ भनेर पाठकहरूले सन्दर्भबाट सजिलैसँग बुझ्‍न सक्‍दैनन् भने, स्‍पष्‍ट बनाउनका लागि तपाईंले एउटा शब्द थप्‍न सक्‍नुहुन्छ ।

  • तिमीहरूले यर्दन तर्‍यौ अनि यरीहोमा आयौ । यरीहोका अनुवाहरूले अमोरीहरूका साथमा तिमीहरूको विरुद्धमा लडे । (यहोशू २४:११ यूएलटी)
    • तिमीहरूले यर्दन नदी तर्‍यौ अनि यरीहो सहरमा आयौ । यरीहोका अनुवाहरूले अमोरीहरूको कुलको साथमा तिमीहरूको विरुद्धमा लडे
  • थोरै समयपछि, केही फरिसीहरू आए र उहाँलाई भने, “जानुहोस् र यस ठाउँलाई छोड्नुहोस् किनभने u>हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।” (लूका १३:३१ यूएलटी)
    • थोरै समयपछि, केही फरिसीहरू आए र उहाँलाई भने, “जानुहोस् र यस ठाउँलाई छोड्नुहोस् किनभने u>राजा हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।”

२. यदि कुनै नाउँको बारेमा के भनिएको छ भनेर बुझ्‍नका लागि पाठकहरूले त्यसको अर्थ बुझ्‍न आवश्‍यक हुन्छ भने, त्यो नाउँलाई सार्नुहोस् र कि त पाठ्यखण्‍डमा वा कुनै पादटिप्‍पणीमा त्यसको अर्थको बारेमा बताउनुहोस् ।

  • तिनले उनलाई मोशा नाउँ दिइन् र भनिन्, “किनभने मैले उसलाई पानीबाट निकालेकी हुँ ।” (प्रस्थान २:११ यूएलटी)
    • तिनले उनलाई मोशा नाउँ दिइन्, जुन ‘बाहिर निकालिएको’ भनेको जस्तो सुनिन्छ र भनिन्, “किनभने मैले उसलाई पानीबाट निकालेकी हुँ ।”

३. अथवा यदि कुनै नाउँको बारेमा के भनिएको छ भनेर बुझ्‍नका लागि पाठकहरूले त्यसको अर्थ बुझ्‍न आवश्‍यक हुन्छ भने, र त्यो नाउँ एकपटक मात्र प्रयोग गरिएको छ भने, त्यो नाउँलाई सार्नको साटोमा त्यसको अर्थलाई अनुवाद गर्नुहोस् ।

  • ... तिनले भनिन्, “के म साँच्‍चै अझै देख्‍दैछु, उहाँले मलाई देख्‍नुभएपछि पनि ?” त्यसैकारण त्यस इनारको नाउँ बेअरलहैरोइ राखियो; (उत्पत्ति १६:१३-१४ यूएलटी) * ... तिनले भनिन्, “के म साँच्‍चै अझै देख्‍दैछु, उहाँले मलाई देख्‍नुभएपछि पनि ?” त्यसैकारण त्यस इनारको नाउँ जीवित हुनुहुनेको नाउँ जसले मलाई देख्‍नुहुन्छ राखियो;

४. यदि कुनै व्यक्ति वा स्थानको दुईवटा भिन्‍न नाउँहरू छन् भने, अधिकांश समय एउटा नाउँलाई प्रयोग गर्नुहोस् र अर्को नाउँलाई तब मात्रै प्रयोग गर्नुहोस् जब पाठ्यखण्‍डले एउटाभन्दा बढी नाउँ भएको व्यक्ति वा स्थानको बारेमा बताउँछ अथवा जब त्यसले त्यो व्यक्ति वा स्थानलाई त्यो नाउँ किन दिइएको थियो भन्‍ने बारेमा केही कुरा बताउँछ । पाठ्यखण्‍डले कम प्रयोग भएको नाउँलाई प्रयोग गरेको समयमा पादटिप्‍पणी लेख्‍नुहोस् । उदाहरणको लागि, पावललाई प्रेरितहरू १३ भन्दा अगाडि “शाऊल” भनिएको छ र प्रेरितहरू १३ पछाडि “पावल” भनिएको छ । तपाईंले प्रेरितहरू १३:९ मा बाहेक, उनको नाउँलाई सबै समय “पावल” भनेर अनुवाद गर्न सक्‍नुहुन्छ, जहाँ उनको दुवै नाउँहरू भएको बारेमा बताइएको छ ।

  • ... शाऊल नाउँ गरेका एकजना जवान मानिस (प्रेरितहरू ७:५८ यूएलटी)
    • ... पावल नाउँ गरेका एकजना जवान मानिस
      • पादटिप्‍पणी यस्तो हुने थियोः
        • [१]अधिकांश संस्करणहरूले यहाँ शाऊल भन्छन्, तर बाइबलमा धेरैजसो उनलाई पावल भनिएको छ ।
  • तर शाऊल, जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिए; (प्रेरितहरू १३:९)
    • तर शाऊल, जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिए;

५. अथवा यदि कुनै व्यक्ति वा स्थानको दुई फरक नाउँहरू छन् भने, स्रोत पाठ्यखण्‍डमा दिइएको कुनै पनि नाउँलाई प्रयोग गर्नुहोस्, र अर्को नाउँ दिने पादटिप्‍पणी थप्‍नुहोस् । उदाहरणको लागि, तपाईंले “शाऊल” भनेर लेख्‍न सक्‍नुहुन्छ जहाँ स्रोत पाठ्यखण्‍डमा “शाऊल” छ अनि “पावल” लेख्‍न सक्‍नुहुन्छ जहाँ स्रोत पाठ्यखण्‍डमा “पावल” छ ।

  • शाऊल नाउँ गरेका एकजना जवान मानिस (प्रेरितहरू ७:५८ यूएलटी)
    • शाऊल नाउँ गरेका एकजना जवान मानिस
      • पादटिप्‍पणी यस्तो हुने थियोः
        • [१]यिनी त्यही व्यक्ति हुन् जसलाई प्रेरितहरू १३ देखि सुरु गरेर पावल भनिएको छ ।
  • तर शाऊल, जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिए; (प्रेरितहरू १३:९)
    • तर शाऊल, जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिए;
  • यसो हुन आयो कि आइकोनियममा पावल र बारनाबास सभाघरमा एकसाथ प्रवेश गरे (प्रेरितहरू १४:१ यूएलटी)
    • यसो हुन आयो कि आइकोनियममा पावल र बारनाबास सभाघरमा एकसाथ प्रवेश गरे
    • पादटिप्‍पणी यस्तो हुने थियोः
      • [१]यिनी त्यही व्यक्ति हुन् जसलाई प्रेरितहरू १३ भन्दा अगाडि शाऊल भनिएको थियो ।