ne_ta/translate/figs-genericnoun/01.md

7.8 KiB

वर्णन

नाम प्रयोग भएका सामान्य वाक्यांशहरूले कुनै व्यक्तिगत मानिसहरू वा चिजहरूलाई नभइ सामान्य रूपमा मानिस वा चिजहरूलाई जनाउँछ । यस्तो हामी अक्सर गरेर हितोपदेशको पुस्तकमा पाउँछौं किनकि हितोपदेशले आम मानिसहरूको बारेमा भएका सत्य कुराहरू बताउँछ ।

जलिरहेका भुङ्‌ग्रामा कुनै मानिस हिँड्‌यो भने के त्‍यसका खुट्टा पोल्‍दैनन्‌ र? अर्काकी पत्‍नीसित सुत्‍ने मानिस त्‍यस्‍तै नै हुन्‍छ, तिनलाई छुने कुनै पनि मानिस दण्‍ड नपाई उम्‍कने छैन ।(हितोपदेश ६:२८ )

माथि दिइएका रेखाङ्कित वाक्यांशहरूले कुनै विशेष मानिसलाई जनाउँदैन । तिनले त्यस्तो काम गर्ने हरेक व्यक्तिलाई जनाउँछ ।

यो अनुवादको विषय हुनुको कारण

विभिन्‍न भाषाहरूमा सामान्य रूपमा केही कुरालाई जनाउने संज्ञात्मक वाक्यांशहरूलाई व्यक्त गर्ने फरक शैलीहरू हुन्छन् । अनुवादकहरूले यी सामान्य विचारहरूलाई आफ्नो भाषामा स्वभाविक लाग्‍ने तरिकाले अनुवाद गर्नुपर्छ ।

बाइबलबाट उदाहरणहरू

धर्मी मानिस सङ्कष्‍टबाट बचाइन्‍छ, अनि त्‍यसको साटो दुष्‍टमाथि नै त्‍यो आइपर्छ । (हितोपदेश ११:८ )

माथि दिइएका रेखाङ्कित वाक्यांशहरूले कुनै विशेष मानिसलाई जनाउँदैन । तिनले कुनै पनि धर्मी र दुष्ट मानिसलाई जनाउँछन् ।

अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन्, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुने छ । (हितोपदेश ११:२६ )

यसले कुनै विशेष व्यक्तिलाई नभइ अन्‍न बिक्री नगर्ने जुनसुकै व्यक्तिलाई जनाउँछ ।

असल मानिसले परमप्रभुको निगाह प्राप्‍त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुने छ । (हितोपदेश १२:२ )

"असल मानिस" वाक्यांशले कुनै विशेष व्यक्तिलाई नभइ सामान्य रूपमा जुनसुकै असल व्यक्तिलाई जनाउँछ । यसरी नै "धुर्त" ले पनि कुनै विशेष धुर्त व्यक्तिलाई नभइ जुनसुकै धुर्त व्यक्तिलाई जनाउँछ ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा मानिसहरू र चिजहरूलाई विशेष रूपमा नभइ सामान्य रूपमा जनाउने उस्तै शब्दहरूको प्रयोग हुन्छन् भने ती शब्दहरूको प्रयोग गर्नुहोस् । तपाईंको लागि केही रणनीतिहरू दिइएको छ ।

१. संज्ञात्मक वाक्यांशसँग "एउटा" प्रयोग गर्नुहोस् । २. "कुनै व्यक्ति" मा जस्तै "कुनै" शब्दको प्रयोग गर्नुहोस् । ३. "मानिहरू" शब्दमा जस्तै बहुवचन शब्दको प्रयोग गर्नुहोस् । ४. तपाईंको भाषामा स्वभाविक लाग्‍ने अर्को कुनै तरिकाको प्रयोग गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. संज्ञात्मक वाक्यांशसँग "एउटा" प्रयोग गर्नुहोस् ।

  • अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन्, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुने छ । (हितोपदेश ११:२६ )
    • अन्‍न लुकाएर भण्‍डार भर्ने कुने एक व्यक्तिलाई मानिसहरूले सराप्‍छन्, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुने छ ।”

२. "कुनै व्यक्ति" मा जस्तै "कुनै" शब्दको प्रयोग गर्नुहोस् ।

  • अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन् (हितोपदेश ११:२६ )
    • अन्‍न लुकाएर भण्‍डार भर्ने कुनै व्यक्तिलाई मानिसहरूले सराप्‍छन्।”

३. "मानिहरू" शब्दमा जस्तै बहुवचन शब्दको प्रयोग गर्नुहोस् ।

  • अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन् । (हितोपदेश ११:२६ )
    • “अन्‍न लुकाएर भण्‍डार भर्ने मानिसहरूलाई मानिसहरूले सराप्‍छन् ।”

४. तपाईंको भाषामा स्वभाविक लाग्‍ने अर्को कुनै तरिकाको प्रयोग गर्नुहोस् ।

  • अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन् । (हितोपदेश ११:२६ )
    • “अन्‍न लुकाएर भण्‍डार भर्ने हरेकलाई मानिसहरूले सराप्‍छन् ।”