ne_ta/translate/figs-grammar/01.md

4.4 KiB

व्याकरणका दुई मूख्य भागहरू हुन्छन्ः शब्दहरू र संचरना । वाक्यांश, उपवाक्य र वाक्यहरू निर्माण गर्नको निम्ति शब्दहरूलाई मिलाएर राख्‍ने कुरा संरचनाभित्र पर्छ ।

शब्दवर्ग - कुनै एक भाषामा प्रयोग हुने सबै शब्दहरू शब्दवर्गभित्र पर्छन् । (हेर्नुहोस् शब्दवर्ग)

वाक्यहरू - हामीले बोल्दा हाम्रा विचारहरूलाई वाक्यहरूमा व्यक्त गर्छौँ । एउटा वाक्यमा प्रायः कुनै एक घटना वा अवस्था वा कुनै कुराको अस्तित्वको बारेमा पूर्ण विचार हुन्छ । (हेर्नुहोस् वाक्य संरचना)

  • वाक्यहरू अभिव्यक्ति, प्रश्‍नहरू, आज्ञाहरू, वा विस्मय जनाउने हुन सक्छन् । (हेर्नुहोस् विस्मयादिबोधक)
  • वाक्यमा एउटाभन्दा धेरै उपवाक्यहरू हुन सक्छन् । (हेर्नुहोस् वाक्य संरचना)
  • केही भाषामा कर्तृ र कर्म दुबै किसिमका वाक्यहरू हुन्छन् । (हेर्नुहोस् कर्तृ वा कर्म)

सम्बन्धवाचक - यसले दुई नाम बिचको सम्बन्धलाई देखाउँछ । अङ्ग्रेजीमा यसलाई जनाउन 'of' वा "'s" को प्रयोग गरिन्छ जसलाई नेपालीमा 'को' भनेर अनुवाद गरिन्छ । उदाहरणको लागि, "the love of God (परमेश्‍वरको प्रेम)" वा "God's love (परमेश्‍वरको प्रेम)" । अङ्ग्रेजीमा सम्बन्धवाचक जनाउनको निम्ति "'s" को प्रयोग पनि गरिन्छ । सम्बन्धवाचक सर्वनामको प्रयोग गरेर पनि यसलाई व्यक्त गर्न सकिन्छ । उदाहरण, “his love (उहाँको प्रेम) ।” (हेर्नुहोस् सम्बन्धवाचक)

कथनहरू - अरू कसैले व्यक्त गरेको कुरालाई रिपोर्ट गर्दा कथनको प्रयोग हुन्छ ।