ne_ta/translate/figs-possession/01.md

16 KiB
Raw Permalink Blame History

वर्णन

सामान्यतया "स्वामित्व" ले कुनै कुरा प्राप्त गर्नु वा कुनै व्यक्तिसँग भएको कुरालाई जनाउँछ । यसलाई व्याकरणमा "को" प्रयोग गरेर वा स्वामित्व जनाउने सर्वनाम (नेपालीमा यस्तो सर्वनाम छैन) व्यक्त गरिन्छ ।

  • मेरो हजुरबुबाको घर
  • उहाँको घर

हिब्रू, ग्रीक, अङ्‍ग्रेजी र नेपालीमा विभिन्न परिस्थितिमा स्वामित्वको प्रयोग गरिन्छ ।

  • स्वामित्व - कसैसँग भएको कुरालाई जनाउन ।
    • मेरा कपडाहरू - मसँग भएका कपडाहरू
  • सामाजिक सम्बन्ध - कसैको कसैसँग हुने सामाजिक सम्बन्धलाई जनाउन ।
    • मेरी आमा - मलाई जन्म दिने स्त्री वा मेरो पालनपोषण गर्ने स्त्री
    • मरो शिक्षक - मलाई सिकाउने व्यक्ति
  • सामाग्रीहरू - केही कुराभित्र भएका सामाग्रीहरूलाई जनाउन ।
    • आलुको झोला - आलु भएको झोला, वा आलुले भरिएको झोला
  • कुनै पूर्ण कुराको भाग: कुनै कुराको एउटा भागलाई जनाउन
    • मेरो शिर - शिर मेरो शरीरको भाग हो
    • घरको छानो - छानो मेरो घरको एक भाग हो

यो अनुवादको विषय हुनुका कारणहरू

  • कुनै एउटा नाम अर्को नामको स्वामित्वमा छ भन्‍ने कुरा देखाउनको निम्ति अनुवादकले ती नामहरू बिचको सम्बन्ध राम्ररी बुझ्नुपर्छ ।
  • केही भाषाहरूमा स्रोत बाइबलमा प्रयोग गरिए जसरी स्वामित्वको प्रयोग गरिन्‍न ।

बाइबलबाट उदाहरणहरू

स्वामित्व - तल दिइएको उदाहरणले पैसा छोराको स्वामित्वमा छ भन्‍ने देखाउँछ ।

… कान्‍छो छोरो ... त्‍यहाँ भोग-विलासमा आफ्‍नो सम्‍पत्ति उडायो । (लूका १५:१३)

सामाजिक सम्बन्ध - तल दिइएको उदाहरणले चेलाहरूलाई यूहन्‍नाबाट सिक्‍ने व्यक्तिहरू हुन् भन्ने देखाउँछ ।

तब यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, (मत्ती ९:१४ )

पदार्थ - तल दिइएको उदाहरणमा मुकुट बनाउनको निम्ति सुनको प्रयोग गरिएको छ ।

तिनीहरूका शिरमा सुनका मुकुटजस्‍ता केही थिए । (प्रकाश ९:७)

सामाग्रीहरू - तल दिइएको उदाहरणमा, कचौरामा पानी छ ।

जसले तिमीहरू ख्रीष्‍टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा पानीको कचौरा पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले कुनै किसिमले आफ्‍नो इनाम गुमाउने छैन । (मर्कूस ९:४१ )

कुनै पूर्ण कुराको भाग: - तल दिइएको उदाहरणमा ढोका महलको एक भाग थियो ।

तर उरियाह आफ्‍नो घरमा गएन, तर राजाका दासहरूसँग महलको मूल ढोकामै सुत्‍यो (२ शमुएल ११:९ )

समूहको भाग - तल दिइएको उदाहरणमा "हामी" ले पूर्ण समूहलाई जनाउँछ र "हरेक" ले समूहका हरेक सदस्यहरूलाई जनाउँछ ।

तर ख्रीष्‍टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ (एफिसी ४:७ )

घटनाहरू र स्वामित्व

कहिलेकाहीँ कुनै एक वा दुबै नामहरूले भाववाचक नामको रूपमा कुनै घटना वा कार्यलाई जनाउँछन् । तल दिइएका उदाहरणहरूमा, भाववाचक नामहरूलाई मोटो अक्षरहरूमा लेखिएको छ । दुई नामहरूमध्ये कुनै एक नामले कुनै घटनालाई जनाउँदा ती दुई नामका बिचमा हुने केही सम्बन्धहरूलाई तल दिइएको छ ।

कर्ता - कहिलेकाहीँ "को" पछाडि आउने शब्दले पहिलो नामले बताएको काम कसले गर्छ भन्‍ने कुरा बताउँछ । तल दिइएको उदाहरणमा यूहन्‍नाले मानिसहरूलाई बप्तिस्मा दिए

यूहन्‍नाले दिएको बप्‍तिस्‍मा स्‍वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देओ ।”(मर्कूस ११:३०)

तल दिइएको उदाहरणमा ख्रीष्टले हामीलाई प्रेम गर्नुहुन्छ

कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? (रोमी ३:३५)

कर्म - कहिलेकाहीँ "को" पछाडि आउने शब्दले कुनै कुरा कसलाई र के हुन्छ भन्‍ने बताउँछ ।

किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड हो । (१ तिमोथी ६:१० )

सामाग्री - कहिलेकाहीँ "को" पछाडि आउने शब्दले कुनै कुरा कसरी हुन्छ भन्‍ने कुरा बताउँछ । तल दिइएका उदाहरणमा परमेश्‍वरले तरबार लिएका शत्रुहरू पठाएर मानिसहरूलाई दण्ड दिनुहुने छ ।

तपाईंहरू तरवारदेखि होशियार रहनुहोस्, किनकि क्रोधले तरवारद्वारा दण्‍ड ल्‍याउने छ (अय्यूब १९:२९ )

प्रतिनिधित्व - तल दिइएको उदाहरणमा यूहन्‍नाले पापको पश्‍चाताप गर्ने व्यक्तिहरूलाई बप्तिस्मा दिइरहेका थिए । तिनीहरूले आफूले पश्‍चाताप गरिरहेका छौँ भन्‍ने देखाउन बप्तिस्मा लिए । तिनीहरूको बप्तिस्माले तिनीहरूको पश्‍चातापको प्रतिनिधित्व गर्‍यो

बप्‍तिस्‍मा-दिने यूहन्‍ना पापमोचनको लागि पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै उजाड-स्‍थानमा देखा परे । (मर्कूस १:४ )

दुई नामहरू बिचको सम्बन्धको बारेमा थाहा पाउनको लागि रणनीतिहरू

१. दुई नामहरूको बिचको सम्बन्धको बारेमा बुझ्‍नलाई ती नाम वरिपरि भएका पदहरूलाई हेर्नुहोस् । २. यूएसटी मा भएका पदहरू पढ्नुहोस् । कहिलेकाहीँ यसले सम्बन्धलाई स्पष्टसँग देखाउँछ । ३. टिप्पणीमा त्यसको बारेमा के लेखिएको छ त्यो हेर्नुहोस् ।

अनुवादका रणनीतिहरू

दुई नाम बिचको सम्बन्ध देखाउनको निम्ति स्वामित्वको प्रयोग गर्नु स्वभाविक हुन्छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि यो अनौठो देखिन्छ र यसलाई बुझ्‍न कठिन हुन्छ भने तल दिइएका विकल्पहरूको प्रयोग गर्नुहोस् ।

१. एउटा नामले अर्को नामको वर्णन गर्छ भन्‍ने देखाउन विशेषणको प्रयोग गर्नुहोस् । २. दुई नामहरूको सम्बन्ध देखाउन क्रियापदको प्रयोग गर्नुहोस् । ३. यदि तीमध्ये एक नामले कुनै घटनालाई जनाउँछ भने त्यसलाई क्रियापदको रूपमा अनुवाद गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. एउटा नामले अर्को नामको वर्णन गर्छ भन्‍ने देखाउन विशेषणको प्रयोग गर्नुहोस् । विशेषणलाई मोटो अक्षरमा लेखिएको छ ।

  • तिनीहरूका शिरमा सुनका मुकुटजस्‍ता केही थिए । (प्रकाश ९:७)
    • “तिनीहरूका शिरमा स्वर्ण मुकुट केही थिए ।“

२. दुई नामहरूको सम्बन्ध देखाउन क्रियापदको प्रयोग गर्नुहोस् । तलको उदाहरणमा थपिएको क्रियापद मोटो अक्षरमा लेखिएको छ ।

  • जसले तिमीहरू ख्रीष्‍टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा पानीको कचौरा पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले कुनै किसिमले आफ्‍नो इनाम गुमाउने छैन । (मर्कूस ९:४१ )
    • जसले तिमीहरू ख्रीष्‍टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा पानी भएको कचौरा पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले कुनै किसिमले आफ्‍नो इनाम गुमाउने छैन । ...
  • क्रोधको दिनमा धन-सम्‍पत्ति केही मोलको हुँदैन, (हितोपदेश ११:४ )
    • परमेश्‍वरले क्रोध देखाउने दिनमा धन-सम्‍पत्ति केही मोलको हुँदैन,
    • परमेश्‍वरले मानिसहरूलाई दण्ड दिने दिनमा धन-सम्‍पत्ति केही मोलको हुँदैन,

३. यदि तीमध्ये एक नामले कुनै घटनालाई जनाउँछ भने त्यसलाई क्रियापदको रूपमा अनुवाद गर्नुहोस् । तल दिइएको उदाहरणमा क्रियापद मोटो अक्षरमा लेखिएको छ ।

  • आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्‍यौ र देख्‍यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्‌ । (व्यवस्था ११:२ )
    • आज याद राख, तिमीहरूले परमप्रभुले गर्नुभएकोअनुशासन अनुभव गर्‍यौ र देख्‍यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्‌ ।
  • तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्ने छौ, र दुष्‍टहरूको प्रतिफल देख्‍ने छौ । (भजनसङ्ग्रह ९१:८ )
    • तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्ने छौ, र दुष्‍टहरूलाई परमप्रभुले दिनुभएको प्रतिफल देख्‍ने छौ ।
  • ... तिमीहरूले पवित्र आत्‍माको वरदान पाउने छौ । (प्रेरित २:३८ )
    • ... तिमीहरूले परमप्रभुले तिमीहरूलाई दिनुहुने पवित्र आत्‍माको वरदान पाउने छौ ।*