ne_ta/process/required-checking/01.md

4.2 KiB

जाँचका तहहरूको उद्देश्य

जाँचका तहहरूको उद्देश्य (हेर्नुहोस् जाँच नियमावली) अनुवाद विश्‍वासको अभिव्यक्तिअनुवाद नियमावली को आधारमा होस् भन्‍ने कुरा सुनिश्‍चित गर्नु हो । यसको प्रयोग गर्ने समुदायको सहभागिता र स्वामित्वमा वृद्धि होस् भन्‍ने यसक अर्को कारण हो ।

जाँच तह १

तह १ को जाँच भाषा समुदायको सहभागितामा अनुवाद समूहले गर्छ । हेर्नुहोस् तह एकको जाँच - अनुवाद समूहद्वारा गरिने पुष्टि । तह १ को जाँच सकिएपछि त्यसलाई डोर४३ मा अपलोड गर्नुहोस् (हेर्नुहोस् प्रकाशनको परिचय) र तह २ को काम जारी राख्‍नुहोस् । (तल हेर्नुहोस्) ।

तह २ को जाँच

अनुवाद असल छ भनी स्थानीय भाषा समुदायका प्रतिनिधि सहमत छन् भन्‍ने कुराको सुनिश्‍चितताको लागि तह २ को जाँच गरिन्छ (हेर्नुहोस् तह दुईको जाँच - समुदायद्वारा गरिने पुष्टि)। यो भाषा समुदाय जाँच (हेर्नुहोस् भाषा समुदायले गर्ने जाँच)र मण्डली अगुवाले गर्ने जाँच (हेर्नुहोस् मण्डली अगुवाले गर्ने जाँच) सँगै गरिन्छ । तह २ को जाँचपछि यसलाई डोर४३ मा अपलोड गर्नुपर्छ (हेर्नुहोस् प्रकाशनको परिचय) र तह ३ को जाँच जारी राख्‍नुपर्छ ।(यसको लागि तल हेर्नुहोस्), यो तपाईंको इच्छामा भर पर्छ ।

तह ३ को जाँच

कम्तिमा पनि २ मण्डली सञ्‍जालका अगुवाहरूले अनुवाद असल छ भनी सहमत जनाउनको लागि तह ३ को जाँच गरिन्छ । (हेर्नुहोस् तह तीनको जाँच - मण्डली अगुवाद्वारा गरिने पुष्टि)। जाँचको यो तह पूरा गर्ने क्रममा तह ३ का जाँच प्रश्‍नहरू अध्ययन गर्नुहोस् (हेर्नुहोस् तह ३ मा जाँचको लागि प्रश्‍नहरू) । तह ३ को जाँच पूरा गरेपछि यसलाई डोर४३ मा अपलोड गर्नुहोस् (हेर्नुहोस् प्रकाशनको परिचय)। यो उच्चतम् तहको जाँच हो । गेटवे भाषाहरूले स्रोत पाठ प्रक्रियापनि पूरा गर्नुपर्छ ।