ne_ta/checking/intro-check/01.md

5.0 KiB

अनुवाद जाँच नियमावली (मार्गनिर्देशन)

यस नियमावलीले अरू भाषाहरूमा बाइबलको अनुवादहरूको सही, स्पष्टता र स्वभाविकताको जाँच कसरी गर्ने भन्‍ने कुराको वर्णन गर्छ । यस नियमावलीले अनुवाद र अनुवादको प्रक्रियाको निम्ती भाषा क्षेत्रका मण्डली अगुवाहरूबाट स्वीकृती लिने कुरालाई पनि समेट्छ ।

यस नियमावलीको सुरुमा अनुवाद समूहहरूले एकअर्काको अनुवाद जाँच गर्दा प्रयोग गर्ने निर्देशनहरू दिइएको छ । यस जाँचमा सहपाठीसँग गरिने मौखिक जाँच र पाठको एक खण्डको मौखिक जाँच पनि समावेश गरिएको छ । त्यसपछि अनुवाद समूहले ट्रान्स्लेशन कोर सफ्टवेयरको सहायतामा जाँच गर्नको लागि निर्देशनहरू समेटिएको छ । यसमा शब्दहरूको अनुवाद र टिप्पणीहरूको अनुवादको जाँच पनि पर्छ ।

यसपछि अनुवाद समूहले भाषाको स्पष्टता र स्वभाविकताको निम्ती भाषा समुदायसँग जाँच गर्नुपर्ने छ । यसो गर्नु जरुरी छ किनकि भाषालाई अझ राम्रो तरिकाले अभिव्यक्त गर्ने तरिकाको सुझाव भाषा समुदायका सदस्यहरूले अनुवाद समूहलाई दिन सक्छन् जुन कुरा अनुवाद समूहले नसोचेको हुनसक्छ । कहिलेकहीँ स्रोत भाषाको अनुसरण गर्दा अनुवाद अनौठो हुनजान्छ । यसलाई सच्याउने काम उक्त भाषा बोल्ने अन्य व्यक्तिहरूले गर्न सक्छन् । अनुवाद समूहले गर्ने अर्को जाँच भनेको अर्को भाषा बोल्ने पास्टरहरूसँग गरिने जाँच हो । किनकि त्यो भाषा बोल्ने पास्टरहरू गेटवे भाषासँग परिचित हुन्छन् । तिनीहरूले गेटवे भाषाको आधारमा अनुवादको शुद्धता जाँच गर्न सक्छन् । तिनीहरूले अनुवाद समूहले देख्‍न नसकेका गल्तीहरू देख्‍न सक्छन् किनकि अनुवाद समूह अनुवादमा गहिरिएको बेला त्यो कुरा देख्‍न कठिन हुन्छ । अनुवाद समूहमा नभएका पास्टरहरूलाई भएका व्यक्तिहरूभन्दा बढी ज्ञान हुन सक्छ । यसरी बाइबल अनुवादलाई शुद्ध, स्पष्ट र स्वभाविक बनाउनको लागि सम्पूर्ण भाषा समुदायले मिलेर काम गर्न सक्छ ।

ट्रान्स्लेशनकोरमा भएको भाषा मिलाउने साधनको प्रयोगद्वारा बाइबल अनुवादको अर्को शुद्धता जाँच हो । यी सबै जाँचहरू सकिएर अनुवादलाई मिलाएपछि मण्डली सञ्‍जालका अगुवाहरूले अनुवादको समीक्षा गरेर समर्थन दिन सक्छन् । मण्डली सञ्‍जालमा रहेका धेरै अगुवाहरूले अनुवादको भाषा नबोल्‍ने र अनुवाद भएको बाइबललाई तिनीहरूले नबोल्‍ने भाषामा अनुवाद गर्ने निर्देशनहरू पनि दिएको छ ।