ne_ta/checking/language-community-check/01.md

9.5 KiB

भाषा समुदायको जाँच

अनुवाद समूहले अनुवादको खेस्रा तयार गरी समूह मिलेर ट्रान्स्लेसनकोरमा जाँच गरेपछि उक्त अनुवाद लक्षितभाषा समुदाय जाँचको निम्ती तयार हुन्छ । यस कार्यको निम्ती अनुवाद समितिले समुदाय जाँच तालिम दिनको निम्ती व्यक्तिहरूको छनौट गर्छ । यी व्यक्तिहरू अनुवाद गरिरहेका व्यक्तिहरू पनि हुनसक्छन् ।

यी व्यक्तिहरूले सम्पूर्ण भाषा समुदायमा पुगेर अनुवादको जाँच गर्ने छन् । जवान र वृद्ध, महिला र पुरुष र भाषा बोल्‍ने क्षेत्रका विभिन्‍न व्यक्तिहरूसँग पुगेर जाँच गर्नु उत्तम हुन्छ । यसले अनुवादलाई सबै व्यक्तिहरूले बुझ्‍ने बनाउन मदत गर्छ ।

यसको निम्ती तपाईंले अनुवाद पढेर वा रेकर्डिङ् गरेको सुनाउनुपर्छ । अनुवाद पढेर वा रेकर्डिङ् गरेर सुनाउनुभन्दा पहिले सुन्‍ने व्यक्तिहरूले अनुवाद अस्वभाविक लागेको बेला हात उठाएर रोक्‍न लगाउनुपर्छ भनेर बताउनुहोस् । (अनुवादको स्वभाविकताको जाँच गर्ने सम्बन्धमा थप जानकारीको निम्ती (हेर्नुहोस् स्वभाविक अनुवाद) सुन्‍ने व्यक्तिहरूले हात उठाएर तपाईंलाई रोकेपछि के कुरा स्वभाविक लागेन भनेर सोध्‍नुहोस् र त्यसलाई स्वभाविक बनाउन तिनीहरूले कसरी भन्छन् भनेर सोध्‍नुहोस् । तिनीहरूको जवाफलाई लेख्‍नुहोस् वा रेकर्ड गर्नुहोस् र त्यो वाक्यांश कहाँको हो भन्‍ने जनाउन अध्याय र पद टिप्‍नुहोस् ताकि अनुवाद समूहले त्यसलाई अनुवादमा समेट्न सकून् ।

हरेक खुला बाइबल कथा का निम्ती प्रश्‍नहरू र उत्तरहरू दिइएका छन् जसलाई तपाईंले अनुवादको सञ्‍चार स्पष्ट बनाउनको निम्ती प्रयोग गर्न सक्‍नुहुन्च । (प्रश्नहरूको http://ufw.io/tq/ निम्ती हेर्नुहोस् ।)

यी प्रश्‍नहरूको प्रयोग गर्नको निम्ती तल दिइएका चरणहरू पालना गर्नुहोस्ः

१. अनुवाद गरिएको खण्ड भाषा समुदायका एक वा एकभन्दा धेरै व्यक्तिहरूलाई सुनाउनुहोस् र उनीहरूले जवाफ दिने छन् । भाषा समुदायका यी व्यक्तिहरू अनुवाद प्रक्रियामा सामेल नभएका हुनुपर्छ । अर्को शब्दमा, जसलाई यी प्रश्‍नहरू सोधिन्छ उनीहरूलाई यी प्रश्‍नहरूको जवाफ थाहा हुनुहुँदैन वा बाइबलको पूर्व-ज्ञान हुनुहुँदैन । तिनीहरूले खण्ड पढेको वा सुनेको आधारमा नै जवाफ दिएको हामी चाहन्छौँ । यसले कि अनुवादले स्पष्ट सञ्‍‍चार गरिरहेको छ कि छैन भ‍न्‍ने हामीलाई हामीलाई थाहा हुन्छ । यसैले जवाफ दिँदा समुदायका सदस्यहरूले बाइबल हेर्नुहुँदैन ।

२. उक्त खण्डको निम्ती समुदायका सदस्यहरूलाई केही प्रश्‍नहरू सोध्‍नुहोस् एकपटकमा एउटा मात्र प्रश्‍न सोध्‍नुहोस् । समुदायका सदस्यहरूले अनुवाद राम्ररी बुझिरहेका छन् भने हरेक कथा वा अध्याको निम्ती सबै प्रश्‍नहरू सोध्‍नुपर्दैन ।

३. हरेक प्रश्‍नपछि समुदायको एक सदस्यले जवाफ दिन्छन् । यदि ती सदस्यले "हो" वा "होइन" भन्छन् भने प्रश्‍नकर्ताले थप प्रश्‍नहरू सोधेर अनुवादको सञ्‍चार सही छ कि छैन भन्‍ने जाँच्‍नुपर्छ । थप प्रश्‍नको नमुना यस्तो हुनसक्छ, "तिमीलाई यो कसरी थाहा भयो?" वा "अनुवादको कुन खण्डले तपाईंलाई यो कुरा बताउँछ?"

४. उक्त व्यक्तिले दिएको जवाफ लेख्‍‍नुहोस् वा रेकर्ड गर्नुहोस् साथमा बाइबल वा कथााको अध्याय र पद तथा खुला बाइबल कथा फ्रेम नम्बर लेख्‍नुहोस् । यदि उक्त व्यक्तिले दिएको जवाफ उपलब्ध गराइएको जवाफसँग मेल खान्छ भने अनुवादको सञ्‍चार स्पष्ट छ भन्‍ने थाहा लाग्छ । समुदायका सदस्यले दिएको जवाफ दिइएको जवाफसँग हुबहु मिल्नुपर्दैन तर जानकारी एउटै भए पुग्छ । कहिलेकहीँ दिएको उत्तर धेरै लामो हुन्छ । यदि जवाफ दिने व्यक्तिले जवाफको केही भाग मात्र जवाफको रूपमा दिए पनि सो जवाफ सही हुन्छ ।

५. यदि दिइएको जवाफभन्दा धेरै फरक जवाफ प्राप्त भयो वा उक्त व्यक्तिले जवाफ दिन सकेनन् भने अनुवाद समूहले सो ठाउँको अनुवादलाई परिवर्तन गर्नुपर्छ ताकि अनुवादको सञ्‍चार स्पष्ट होस् ।

६. अनुवाद समूहले खण्डको अनुवाद संशोधन गरिसकेपछि भाषा समुदायका सदस्यहरूलाई त्यही प्रश्‍न सोध्‍नुहोस्, प्रश्‍न सोध्दा अगाडि नै सोधिएको व्यक्तिलाई नसोध्‍नुहोस् । तिनीहरूले जवाफ दिन सकेमा अनुवादको सञ्‍चार सही भएको ठहर्छ ।

७. अनुवादको सञ्‍चार सही छ भन्‍ने प्रमाणित गर्नको निम्ती हरेक कथा वा बाइबलका अध्यायको बारेमा प्रश्‍न सोध्‍‍नु जरुरी हुन्छ । यसपछि अनुवाद पास्टरद्वारा गरिने शुद्धता जाँचको निम्ती तयार हुन्छ ।

८. समुदाय मुल्याङ्कन पृष्ठमा गएर प्रश्‍नहरूको जवाफ दिनुहोस् । (हेर्नुहोस् भाषा समुदाय मुल्याङ्कन प्रश्नहरू)