ne_ta/checking/natural/01.md

4.1 KiB

स्वभाविक अनुवाद

बाइबलको अनुवाद विदेशी व्यक्तिले नभई लक्षितभाषाको सदस्यद्वारा गरिएको जस्तो लाग्‍ने गरी गरिएको अनुवादलाई बाइबलको स्वभाविक अनुवाद भनिन्छ ।

अनुवादको स्वभाविकताको जाँच गर्नको निम्ती यसलाई स्रोत भाषासँग तुलना गर्नु लाभदायक हुँदैन । स्वभाविकताको यस जाँचको बेला कसैले पनि स्रोत भाषाको बाइबल हेर्नुहुँदैन । शुद्धता जाँच जस्ता अन्य जाँचहरू गर्दा स्रोत भाषाको बाइबललाई हेर्नुपर्ने हुन्छ तर यहाँ होइन ।

अनुवादको स्वभाविकताको जाँच गर्ने क्रममा तपाईं वा भाषा समुदायको अर्को सदस्यले ठूलो स्वरले पढ्नुपर्छ वा रेकर्ड बजाउनुपर्छ । कागजमा लेखिएको अनुवादलाई हेरेर यसको स्वभाविकताको जाँच गर्न कठिन हुन्छ । जब मानिसहरूले यसलाई पढेको सुन्छन् उनीहरूले अनुवाद स्वभाविक छ कि छैन भनी थाहा पाइहाल्छन् ।

लक्षितभाषा बोल्‍ने व्यक्ती वा व्यक्तिको समूहको अघि पढेर सुनाउन सक्‍नुहुन्छ । पढ्न सुरु गर्नुअघि त्यो भाषा बोल्‍ने व्यक्तिहरूले बोलेजस्तो नसुनिएको बेला पढाइ रोक्‍नको लागि आग्रह गर्न लगाउनुहोस् । जब कसैले तपाईंलाई रोक्छ, त्यस अनुवादलाई स्वभाविक कसरी बनाउन सकिन्छ भन्‍ने कुरा छलफल गर्न सक्नुहुन्छ ।

तपाईंका गाउँका व्यक्तिहरूले अनुवादमा भएका कुराहरूजस्तै गरी बातचित गर्दा कस्तो सुनिन्छ होला भन्‍ने विषयमा सोच्‍नु लाभदायक हुन्छ । तपाईंले चिनेका व्यक्तिहरूले त्यस कुराको बारेमा बातचित गर्दा ठूलो स्वरले कुरा गरेको कल्पना गर्नुहोस् । त्यसरी कुरा गर्दा असल वा स्वभाविक सुनिन्छ भन्‍ने कुरामा अन्य व्यक्तिहरू सहमत हुन्छन् भने अनुवादमा त्यही शैलीको प्रयोग गर्नुहोस् ।

अनुवादको खण्डलाई धेरै पटक पढ्नु वा रेकर्डबाट सुन्‍नु लाभदायक हुन्छ । हरेक पटक सुन्दा मानिसहरूले फरक कुराहरू पत्ता लगाउँछन् - कुनै कुरालाई थप स्वभाविक तरिकाले व्यक्त गर्न सकिने कुराहरू पत्ता लगाउँछन् ।