ne_ta/checking/community-evaluation/01.md

4.3 KiB

यस पृष्ठलाई समुदायिक जाँचकीहरूले आफ्नो कार्यको कार्यसूचीको रूपमा प्रयोग गर्न सक्छन्, यसलाई प्रिन्ट गरेर अनुवाद समूह तथा समुदायका अगुवाहरूले भर्न सक्छन् र यसलाई अनुवाद जाँचको प्रक्रियाको अभिलेखको रूपमा राखिन्छ ।

हामी, अनुवाद समूहका सदस्यहरू, यो कुराको पुष्टि गर्छौँ कि हामीले भाषा समुदायका सदस्यहरूसँग मिलेर ________________ को अनुवाद जाँच गरेका छौँ ।

  • हामीले वृद्ध र जवान तथा महिला र पुरुष दुबैसँग यस अनुवादको जाँच गरेका छौँ ।
  • समुदायमा अनुवादक जाँच गर्ने क्रममा हामीले अनुवाद प्रश्‍नहरूको प्रयोग गर्‍यौँ ।
  • समुदायका सदस्यहरूले राम्ररी बुझ्‍न नसक्‍ने ठाउँमा अनुवादलाई स्पष्ट र बुझ्‍नलाई सजिलो बनाउनको निम्ति सच्‍च्याएका छौँ ।

कृपया तलका प्रश्‍नहरूको पनि जवाफ दिनुहोस् । यी प्रश्‍नहरूको जवाफले लक्षित भाषा समुदायले अनुवादलाई स्पष्ट, सही र स्वभाविक ठानेका छन् भन्‍ने कुरा जान्‍न वृहत्तर ख्रीष्टियान समुदायमा रहेका व्यक्तिहरूलाई मदत गर्छ ।

  • समुदायको पृष्ठपोषणले सहयोग गरेका केही खण्डहरूको सूची बनाउनुहोस् । थप स्पष्ट बनाउनको निम्ति ती खण्डहरूलाई कसरी परिवर्तन गर्नुभयो?



  • स्रोत भाषासँग केही महत्त्वपूर्ण शब्दहरू कसरी बराबरी छ्न् भन्‍ने कुराको वर्णन लेख्‍नुहोस् । यसले तपाईंले उक्त शब्दहरू किन छान्‍नुभयो भन्‍ने कुरा बुझ्‍न जाँचकीहरूलाई मदत गर्छ ।



  • खण्डहरूको सस्वर वाचन गर्दा भाषाको बहाव राम्रो भएको कुराको पुष्टि समुदायले गर्छ? (के वाचन सुन्दा लेखक तपाईंकै समुदायको कुनै एक व्यक्ति भन्‍ने लाग्छ?)



समुदायका अगुवाहरूले आफ्ना जानकारीहरू पनि थप गर्न वा स्थानीय समुदायमा यो अनुवाद कतिको ग्रहणयोग्‍य छ भन्‍ने कुराको सारांश लेख्‍न सक्छन् । यस जानकारीमा वृहत्तर मण्डली नेतृत्वको पहुँच हुने छ र यसले स्थानीय ख्रीष्टियान समुदायले अनुमोदन गरेको अनुवालाई पास्टरीय तहबाट शुद्धता जाँच तथा जाँचको पुष्टि गर्ने व्यक्तिलाई मदत गर्छ ।