ne_ta/checking/formatting/01.md

2.8 KiB

अनुवाद सहज होस्, राम्रो देखियोस् र पढ्नलाई सजिलो होस् भन्‍नाका खातिर बाइबलको कुनै एक पुस्तकको अनुवाद गर्नु अगाडि, अनुवादको क्रममा र पछि गरिने जाँचहरू व्यवस्था गरिएको छ । यस खण्डमा भएका मोड्युलहरूले निम्‍न शीर्षकहरूमा थप जानकारी दिन्छन् ।

अनुवाद गर्नु अगाडि

अनुवाद सुरु गर्नु अगाडि अनुवाद समूहले निम्‍न विषयहरूमा निर्णय गर्नुपर्छ ।

१. वर्णमाला (हेर्नुहोस् उचित वर्णमाला) २. हिज्‍जे (हेर्नुहोस् हिज्‍जेमा एकरूपता) ३. विराम चिन्ह (हेर्नुहोस् विराम चिन्हमा एकरूपता)

अनुवादको क्रममा

केही अध्यायहरूको अनुवादपछि अनुवादको क्रममा पत्ता लागेका समस्याहरूको समाधानको लागि अनुवाद समूहले केही निर्णयहरूको केही निर्णयहरूको संशोधन गर्नुपर्ने हुन्छ । प्याराटेक्स्ट (ParaTExt) को मदतद्वारा हिज्‍जे र विराम चिन्हमा भएका सङ्गतिहरूको जाँच पनि गर्न सक्‍नुहुन्छ ।

पुस्तक सकेपछि

कुनै एउटा पुस्तक सकेपछि सबै पदहरू छन् कि छैनन् भनेर निश्‍चित गर्नको लागि जाँच गर्न र खण्डको शीर्षकको बारेमा निर्णय लिन सक्नुहुन्छ । अनुवाद गर्ने क्रममा नै खण्डका शीर्षकहरू लेख्‍नु उपयोगी हुन्छ ।

१. पदहरूको विन्यास (see पदहरूको पूर्ण विन्यास) २. खण्डका शीर्षकहरू (see खण्डका शीर्षकहरू)