ne_ta/checking/alphabet/01.md

2.7 KiB

अनुवादको लागि वर्णमाला

अनुवाद पढ्दा शब्दहरूको हिज्‍जेसम्बन्धि यी प्रश्‍नहरू सोध्‍नुहोस् । यी प्रश्‍नहरूले भाषाको ध्वनीलाई प्रतिनिधित्व गर्ने उपयुक्त वर्णमालाको प्रयोग भएको छ कि छैन र शब्दहरूलाई पढ्न सहज हुनेगरी एकरूपले लेखिएको छ कि छैन भन्‍ने कुराको निर्क्यौल गर्न मदत गर्छन् ।

१. नयाँ अनुवादको ध्वनीलाई प्रतिनिधि गर्नको निम्ति वर्णमाला उपयुक्त छ?(अर्थमा भिन्‍नता ल्याउने तर अर्को ध्वनीको निम्ति पनि त्यही संकेतको प्रयोग गर्नुपर्ने किसिमका कुनै ध्वनीहरू छन्? के यसले शब्दहरूलाई पढ्न कठिन बनाउँछ? ती अक्षरहरूलाई मिलाउनको निम्ति कुनै थप चिन्हहरू थपेर भिन्‍नता देखाउन सकिन्छ?) २. पुस्तकमा प्रयोग गरिएको हिज्‍जेमा एकरूपता छ? (भिन्‍न-भिन्‍न परिवेशमा शब्दहरू परिवर्तन हुन्छन् भन्‍ने कुरा देखाउनको निम्ति लेखकले अनुसरण गर्नुपर्ने कुनै नियमहरू छन्? अरूले भाषालाई सहज तरिकाले पढ्न र लेख्‍न सकून् भनेर तिनको वर्णन गर्न सकिन्छ?) ३. अनुवादकले भाषा समुदायका प्रायः सबैले बुझ्‍ने अभिव्यक्तिहरू, वाक्यांशहरू, संयोजकहरू र हिज्‍जेको प्रयोग गरेको छ?

वर्णमाला वा हिज्‍जेमा कुनै कुरा ठीक छैन भने अनुवाद समूहसँग छलफल गर्नको निम्ति टिपोट बनाउनुहोस् ।