ne_ta/checking/punctuation/01.md

3.2 KiB

कुनै वाक्यलाई कसरी पढिनु वा बुझिनु पर्छ भन्‍ने जनाउने चिन्ह नै "विराम चिन्ह" हो । विरामलाई जनाउने अल्प विराम वा पूर्ण विराम तथा वक्ताका वास्तविक शब्दहरूलाई घेर्ने उद्धरण चिन्हलाई उदाहरणको रूपमा लिन सकिन्छ । पाठकहरूले अनुवादलाई सही तरिकाले पढ्न र बुझ्‍नको निम्ती तपाईंले विराम चिन्हको एकरूपता कायम राख्‍नुपर्छ ।

अनुवाद गर्नु अगाडि अनुवाद समूहले अनुवादमा प्रयोग गरिने विराम चिन्ह प्रयोग विधिको बारेमा निर्णय गर्नुपर्छ । राष्ट्रिय भाषामा प्रयोग गरिने विराम चिन्ह प्रयोग गर्नु वा राष्ट्रिय भाषामा लेखिएको बाइबल वा सम्बन्धित बाइबलहरूमा प्रयोग गरिएको विराम चिन्हको प्रयोग गर्नु सबैभन्दा सजिलो तरिका हुन सक्छ । फरक‍-फरक किसिमका विराम चिन्हहरूको सही प्रयोग विधिलाई उदाहरण सहित अनुवादकहरूलाई प्रदान गर्नु उपयोगी हुन्छ ।

विराम चिन्हको प्रयोग निर्देशिका पाएर पनि अनुवादकहरूले गल्ती गर्न सक्छन् । यसको निम्ती पुस्तकको अनुवाद सकिएपछि त्यसलाई प्याराटेक्समा राख्‍ने र त्यसमा भएका विभिन्‍न विराम चिन्हहरूको जाँच गर्ने सल्लाह दिन्छौँ । प्याराटेक्सले यसमा भएका विराम चिन्हका गल्तीहरू देखाइदिन्छ । त्यसपछि तपाईंले ती ठाउँहरूको समीक्षा गरेर गल्ती भए नभएको हेर्न सक्‍नुहुन्छ । यदि गल्ती रहेछ भने सच्याउन सक्‍नुहुन्छ । विराम चिन्हको जाँच गरेपछि तपाईंको अनुवादमा विराम चिन्हको सही प्रयोग गरिएको छ भन्‍ने कुरामा तपाईं ढुक्क हुन सक्‍नुहुन्छ ।