ne_ta/checking/headings/01.md

8.1 KiB

खण्डका शीर्षकहरूसँग सम्बन्धित निर्णयहरू

खण्डका शीर्षकहरू प्रयोग गर्ने कि नगर्ने भन्‍ने निर्णय अनुवाद समूहले गर्नु पर्ने निर्णयहरू मध्ये एउटा निर्णय हो । खण्डका शीर्षकहरू बाइबलमा नयाँ विषय सुरु हुँदा राखिने नयाँ शीर्षकहरू जस्तै हुन् । खण्डको शीर्षकले कुनै खण्ड केको बारेमा छ भन्‍ने कुराको जानकारी दिन्छ । केही बाइबल अनुवादमा तिनको प्रयोग गरिएको छ भने कतिमा छैन । तपाईंको राष्ट्रिय भाषामा धेरै मानिसहरूले प्रयोग गर्ने अभ्यासको अनुसरण गर्न सक्‍नुहुन्छ । भाषा समुदायको रुची अनुसार गर्न सक्‍नुहुन्छ ।

खण्डका शीर्षकहरू प्रयोग गर्दा थप काम गर्नुपर्ने हुन्छ, किनकि तपाईंले बाइबलमा भएका पाठहरू बाहेक पनि हरेक शीर्षकलाई कि त आफैं लेख्नुपर्छ कि त अनुवाद गर्नुपर्छ । यसले अनुवादको निम्ती लामो समय लाग्छ । तर खण्डका शीर्षकहरू तपाईंका पाठकहरूका निम्ती लाभदायक हुन्छ । खण्डका शीर्षकहरूले कुन ठाउँमा नयाँ कुरा सुरु हुन्छ भन्‍ने कुरा थाहा पाउन सहज हुन्छ । कसैले कुनै विशेष कुरा बाइबलमा खोजी गर्दा उसले खोजी गरेको कुरा समेट्ने खण्डका शीर्षकहरू हेरेर नै उक्त कुरा पत्ता लगाउन सक्छ । त्यसपछि उसले त्यो खण्ड पढ्न सक्छ ।

तपाईंले खण्डका शीर्षकहरू राख्‍ने निर्णय गर्नुभयो भने कस्ता किसिमका शीर्षकहरू प्रयोग गर्ने भन्‍ने कुराको निर्णय लिनुपर्छ । भाषा समुदायले कस्तो कसिमको शीर्षक मन पराउँछन् भन्‍ने कुरा पत्ता लगाउनु राम्रो हुन्छ, र राष्ट्रिय भाषामा प्रयोग गरिने शैलीको प्रयोग पनि गर्न सकिन्छ । प्रयोग गरिएको खण्डको शीर्षक खण्डको एउटा भाग होइन भन्‍ने कुरा मानिसहरूले बुझ्‍नुपर्छ । यो धर्मशास्त्रको भाग नभइ विभिन्‍न खण्डहरूको निम्ती मार्गनिर्देशन मात्र हो । यसलाई पृथक देखाउनको निम्ती खण्डको शीर्षक अघि र पछि ठाउँ छोड्न वा फरक फन्टको प्रयोग गर्न वा अक्षरका आकार फरक पार्न सकिन्छ । राष्ट्रिय भाषामा यसको प्रयोग कसरी गरिएको छ हेर्नुहोस् र भाषा समुदायमा फरक-फरक विधिहरूको जाँच गर्नुहोस् ।

खण्डका शीर्षकका प्रकार

खण्डका शीर्षकहरू विविध किसिमका हुन्छन् । ती विभिन्‍न किसिमका शीर्षक मर्कूस २: १-१२ मा प्रयोग गर्दा कस्तो देखिन्छ भन्‍ने उदाहरणहरू यहाँ दिइएको छः

  • सारांश अभिव्यक्ति: “पक्षघातीलाई निको पारेर येशूले पाप क्षमा गर्ने र निको पार्ने आफ्नो अधिकार प्रदर्शन गर्नुभयो ।" यसले खण्डको मूख्य बुँदाको सारांश बताउँछ र पूरा वाक्यमा धेरै जानकारी दिन्छ ।
  • व्याख्यात्मक टिप्पणीः “येशूले पक्षघातीलाई निको पार्नुहुन्छ ।" यो पनि पूर्ण वाक्य हो तर यसले पाठकहरूलाई यस खण्डपछि के आउँछ भन्‍ने आवश्यक जानकारी मात्र दिन्छ ।
  • सीमित सन्दर्भ: “पक्षघातीको उपचार” यो धेरै छोटो छ, यसमा केही शब्दहरूको मात्र प्रयोग गरिएको छ । यसले ठाउँको बचत गर्छ, तर यो बाइबलको बारेमा जानेका व्यक्तिलाई मात्र उपयुक्त हुन्छ ।
  • प्रश्‍नः “के येशूसँग निको पार्ने र पाप क्षमा गर्ने अधिकार छ?" यसले प्रश्‍न गर्छ र खण्डमा यसको जवाफ पाइन्छ । बाइबलको बारेमा धेरै प्रश्‍नहरू भएका व्यक्तिहरूलाई यो उपयोगी हुन्छ ।
  • “बारेमा” टिप्पणी: “येशूले पक्षघातीलाई निको पारेको बारेमा” यसले खण्ड केको बारेमा छ भन्‍ने कुरा स्पष्ट पार्छ । यसले शीर्षक धर्मशास्त्रको भाग होइन भन्‍ने कुरा सजिलै थाहा पाउन मदत गर्छ ।

तपाईंले देख्‍नुभयो खण्डका शीर्षकहरू विभिन्‍न किसिमका हुनसक्छन् तर तिनका उद्देश्य भने एउटै हुन्छ । ती सबैले बाइबलको खण्डमा भएको मूल सन्देशको जानकारी दिन्छन् । कुनै छोटा र कुनै लामा हुन्छन् । कुनैले थोरै मात्र जानकारी दिन्छनन् भने कुनैले धेरै जानकारी दिन्छन् । तपाईंले विभिन्‍न किसिमका शीर्षकहरूको परीक्षण गर्न सक्‍नुहुन्छ, र मानिसहरूले कुनलाई राम्रो मान्छन् भनेर सोध्‍न सक्‍नुहुन्छ ।