ne_ta/checking/spelling/01.md

4.2 KiB

पाठकले अनुवादलाई सजिलै पढ्न र बुझ्‍नको लागि हिज्जेमा एकरूपता हुन जरूरी छ । लक्षितभाषामा लेखाइ र हिज्जेको परम्परा नभएको अवस्थामा यो कार्य कठिन छ । फरक-फरक खण्डहरूको अनुवाद गर्ने काम विविध मानिसहरूले गर्दा यो काम गर्न कठिन हुन्छ । यसैले हिज्जेको प्रयोग कसरी गर्ने भन्‍ने कुरामा निर्णय गर्नको निम्ती अनुवाद समूह एक पटक भेट गर्नु जरूरी छ ।

हिज्जे गर्न कठिन शब्दहरूको बारेमा समूहमा छलफल गर्नुहोस् । यदि शब्दहरूका आवाजलाई जस्ताको तस्तै व्यक्त गर्न सजिलो भएन भने तपाईंले प्रयोग गर्ने लेखाइको प्रणालीलाई परिवर्तन गर्नुहोस् । (हेर्नुहोस् वर्णमाला/हिज्जे प्रणाली)। यदि शब्दका आवाजलाई फरक तरिकाले व्यक्त गर्न सकिन्छ भने तिनको हिज्जे प्रणालीलाई व्यक्त गर्ने तरिकाको बारेमा समूहमा छलफल गर्नुहोस् । सहमतमा आएका शब्दहरूको वर्णक्रम अनुसारको सूची बनाउनुहोस् । समूहका हरेक सदस्यहरूले अनुवादको लागि सूचीको एक-एक प्रती लिनुपर्छ । कठिन शब्दहरू आएमा सूचीमा थप्दै जानुहोस् तर सबै जनासँग त्यो सूची उपलब्ध हुनुपर्छ । हिज्जेको सूचीको लागि स्प्रेडसिटको प्रयोग गर्नुहोस् ।

बाइबलमा भएका मानिस र ठाउँका नाउँहरूको हिज्जे कठिन हुनसक्छ किनकि लक्षितभाषामा तिनको प्रयोग हुँदैन । तिनलाई आफ्नो सूचीमा समेट्न नभुल्नुहोस् ।

हिज्जे जाँच गर्नको निम्ती कम्प्युटरहरू धेरै उपयोगी हुन्छन् । यदि तपाईं गेटवै भाषामा काम गर्दै हुनुहुन्छ भने वर्ड प्रोसेसरमा पहिले नै शब्दकोश राखिएको हुन्छ । यदि तपाईंले अरू भाषामा अनुवाद गर्दै हुनुहुन्छ भने गलत हिज्जेहरूलाई सच्याउनको निम्ती खोजेर प्रतिस्थापन गर्ने (find and replace) सुविधाको प्रयोग गर्न सक्नुहुन्छ । प्याराटेक्समा पनि हिज्जे जाँच गर्ने सुविधा हुन्छ, जहाँ तपाईंले शब्दका फरक-फरक हिज्जेहरू पाउन सक्‍नुहुन्छ । यसले उपलब्ध गराएका हिज्जेहरूमध्ये बाट तपाईंलाई ठीक लागेको हिज्जे छान्‍न सक्नुहुन्छ ।