ne_ta/translate/translate-alphabet/01.md

11 KiB
Raw Permalink Blame History

वर्णमाला सृजना गर्नु

यदि तपाईंको भाषा लिखित रूपमा छैन भने, तपाईंले त्यसलाई लेख्‍नको लागि वर्णमाला सृजना गर्न सक्नुहुन्छ । वर्णमालाको सृजना गर्दा धेरै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ, अझ एउटा राम्रो वर्णमाला सृजना गर्न झन धेरै कठिन हुनसक्छ । यदि वर्णमाला तयार गर्न धेरै कठिन हुने अवस्था आयो भने, तपाईंले लिखित अनुवादको साटो श्रव्य अनुवाद गर्न सक्नुहुन्छ ।

तपाईंको भाषाका प्रत्येक फरक आवाजको एउटा अक्षर हुनु राम्रो वर्णमालाको लक्ष्य हो ।

यदि छिमेकी भाषाको वर्णमाला पहिले नै छ र त्यो भाषाको आवाज तापाईंको भाषासँग मिल्छ भने, तपाईंले सामान्यतया तिनीहरूको वर्णमाला सापटी लिनसक्नुहुन्छ र यसले राम्रोसँग काम गर्नसक्छ । यदि छैन भने सबैभन्दा उत्तम कुरा भनेको तपाईंले विद्यालयमा सिकेको राष्ट्रिय भाषाबाट वर्णमाला सापटी लिनु हो । कहिलेकाहीँ तपाईंको भाषामा भएको आवाज राष्ट्रिय भाषामा नहुन सक्छ र तपाईंको भाषाका सबै आवाजको प्रतिनिधित्व गर्नका लागि यसको प्रयोग गर्नु कठिन हुन्छ । यस्तो अवस्थामा तपाईंको भाषाका प्रत्येक आवाजहरूको बारेमा विचार गर्नु राम्रो हुन्छ । राष्ट्रिय भाषाका वर्णमाला माथि देखि तलसम्म एउटा कागजको टुक्रामा लेख्‍नुहोस् । त्यसपछि प्रत्येक अक्षरको पछाडि तापाईंको भाषाका आवाजबाट सुरु हुने वा आवाज भएका शब्दहरू लेख्‍नुहोस् । प्रत्येक शब्दहरूमा आवाज दिने अक्षरलाई रेखांकन गर्नुहोस् ।

तपाईंको भाषामा प्रयोग नहुने वर्णमाला राष्ट्रिय भाषाको वर्णमालामा प्रयोग हुन पनि सक्छ । अब यस्ता शब्दहरूमा भएका तपाईंले नपाएका लेख्‍नलाई कठिन आवाजहरू वा शब्दहरूको बारेमा विचार गर्नुहोस् । यदि तपाईंले पत्ता लगाउनु भएको एउटा अक्षरको आवाज ती शब्दहरूको आवाजसँग समान छ भने, तपाईंले त्यो अक्षरलाई तपाईंको प्रयोगको लागि प्रतिनिधित्व गर्ने अर्को आवाजमा परिमार्जन गर्न सक्नुहुन्छ । उदाहरणको लागि, यदि तपाईंको भाषामा “s” ले प्रतिनिधित्व गर्ने आवाज छ र त्यस्तै समान आवाजलाई अनुवाद गर्ने अक्षर छैन भने, तपाईंले त्यो अक्षरलाई समान आवाजले यसको माथि निशाना लगाउन सक्नुहुन्छ, जस्तै वा ^ वा ~ । यदि तपाईंले राष्ट्रिय भाषाका आवाजहरूसँग मिल्ने फरक आवाजहरूको समूह भएको पउनुभयो भने त्यो समूहका अक्षरहरूलाई त्यही तरिकाले परिमार्जन गर्नु राम्रो हुन्छ ।

यदि एकएटक यो अभ्यास सम्पन्‍न गरिसक्नु भएको छ र तपाईंको भाषामा अर्को थप आवाज सोच्‍न सक्नुहुन्‍न भने, एउटा कथा लेख्‍न कोशिस गर्नुहोस् वा त्यस्तो घटनाको बारेमा लेख्‍नुहोस् जुन हालसालै घटेको छ । त्यो लेख्दै गर्दा सम्भवत तपाईंले पहिले कहिल्यै नसोचेका आवाजहरू पत्ता लगाउनु हुने छ । अक्षरहरूलाई निरन्तर परिमार्जन गर्नुहोस् ताकि यी आवाजहरू तपाईंले लेख्‍न सक्नुहोस् । यी आवाजहरूलाई पहिले नै तपाईंले बनाउनु भएको सूचीमा थप गर्नुहोस् ।

तपाईंले तयार पारेको आवाजहरूको सूची लिनुहोस् र तपाईंको भाषा साथै राष्ट्रिय भाषा पनि बोल्ने र उनीहरूले यो सूचीको बारेमा के विचार गर्छन् भन्‍ने थाहा पाउने मानिसहरूसँग जानुहोस् । हुनसक्छ उनीहरूले केही अक्षरहरूलाई पढ्नको लागि सरल वा सजिलो होस् भनेर परिमार्जनको लागि फरक सल्लाह दिनसक्छन् । तपाईंले लेख्‍नुभएको कथा अरु मानिसहरूलाई पनि देखाउनुहोस् र उनीहरूलाई तपाईंले तयार पारेको शब्दहरू र आवाजहरूको सूचीको सन्दर्भ दिएर पढ्न सिकाउनुहोस् । यदि उनीहरूले पढ्न सजिलै सिके भने, तपाईको वर्णमाला ठिक छ। यदि यो कठिन छ भने यसका केही भागहरू अझै सरल बानाउनको लागि काम गर्नुपर्ने हुनसक्छ, वा केही आवाजहरूको लागि अक्षरहरू पत्ता लगाउनु पर्ने हुनसक्छ, वा त्यहाँ एउटै अक्षरद्वारा प्रतिनिधित्व फरक आवाजहरू हुनसक्छन्, वा त्यहाँ अक्षरहरू पत्ता लगाउनु पर्ने केही आवाजहरू पनि हुनसक्छन् ।

तपाईंको भाषाका राष्ट्रिय भाषाका राम्रा पाठकहरूसँगै रहेर निरन्तर यो वर्णमालामा काम गर्नु राम्रो हो । तपाईंले विभिन्‍न आवाजहरूका बारेमा छलफल गर्न सक्नुहुन्छ र तिनीहरूलाई उत्तम तरिकाले सँगसँगै प्रस्तुत गर्न सक्नुहुन्छ ।

यदि राष्ट्रिय भाषाले रोमन वर्णमाला बाहेक अन्य लेखन प्रणालीको प्रयोग गर्दछ भने, विभिन्‍न चिन्हरूको बारेमा सोच्‍नुहोस् जुन तपाईंले संकेतहरूलाई परिमार्जन गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंको भषालाई प्रतिनिधित्व गर्छन् । यदि संकेतहरूलाई कम्पुटरमा उतार्न सकिने प्रकारले चिन्ह लागाउन सकेमा यो उत्तम हुन्छ । (तपाईंले वर्ड प्रोसेसर वा अनुवाद किवोर्डसँगै अनुवाद किवोर्डमा लेखन प्रणालीसँगै परिक्षण गर्न सक्नुहुन्छ http://ufw.io/tk/) यदि तपाईंलाई किवोर्ड सृजना गर्न सहयोगको आवश्यकता पर्छ भने help@door43.org मा अनुरोध गरेर इमेल पठाउनुहोस् । जब तपाईंले कम्पुटर किवोर्डमा टाइप गर्न सकिने प्रतिकहरू प्रयोग गर्नुहुन्छ तब तपाईको अनुवाद भण्डारण हुन सक्छ, प्रतिलिपि बानाउन सकिन्छ, र विधुतीय प्रणालीद्वारा वितरण गर्न सकिन्छ, त्यसपछि मानिसहरूले यसलाई ट्यावलेटहरू र मोवाईल फोनहरूमा बिना पैसा पढ्न पाउन सक्छन् ।