ne_tw/bible/other/torment.md

2.8 KiB
Raw Permalink Blame History

यातना, यातना भएको, यातना दिनेहरू

तथ्यहरू:

“यातना” शब्दले भयानक दुःखकष्‍टलाई जनाउँछ । कसैलाई यातना दिनुको अर्थ उसलाई अक्सर क्रूर तरिकाले दुःख दिनु हो ।

  • कहिलेकाहीँ “यातना” शब्दले शारीरिक दर्द र दुःखकष्‍टलाई जनाउँछ । उदाहरणको लागि, प्रकाशको पुस्तकले “पशु” का आराधकहरूले अन्त्यको समयमा भोग्‍ने शारीरिक यातनाको वर्णन गर्छ ।
  • दुःखकष्‍टले आत्मिक र संवेगात्मक पीडाको स्वरूप पनि लिन सक्छ, जस्तो अय्यूबले अनुभव गरेका थिए ।
  • येशूलाई आफ्ना मुक्‍तिदाताको रूपमा विश्‍वास नगर्ने मानिसहरूले अग्‍नि-कुण्डमा अनन्त यातना भोग्‍ने छन् भनी प्रकाशको पुस्तक लेख्‍ने प्रेरित यूहन्‍नाले लेख्छन् ।
  • यो शब्दलाई “भयानक दुःखकष्‍ट” वा “कसैलाई बेसरी दुःख दिनु” वा “वेदना” भनी अनुवाद गर्न सकिन्छ । अर्थलाई प्रस्ट पार्न केही अनुवादकहरूले यसमा “शारीरिक” वा “आत्मिक” जस्ता शब्दहरू थप्‍न सक्छन् ।

(यो पनि हेर्नुहोस्: पशु, अनन्त, अय्यूब, मुक्तिदाता, आत्मा, कष्ट भोग्‍नु, आराधना)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H3013, G09280, G09290, G09300, G09310, G25580, G28510, G36000