ne_tw/bible/kt/eternity.md

8.2 KiB

सधैँ रहिरहने, अनन्त, अनन्तता

परिभाषा:

“सधैँ रहिरहने” र “अनन्त” को अर्थ एउटै लाग्छ र यिनीहरूले सधैँ अस्‍तित्‍वमा रहने वा सदाको लागि रहिरहने कुरोलाई उलेल्‍ख गर्छन् ।

  • “अनन्तता” शब्दले आदि र अन्त नभएको शब्दलाई जनाउँछ । यसले कहिल्‍यै अन्त नहुने जीवनलाई पनि जनाउँछ ।
  • पृथ्वीमा जीवन भएको वर्तमान जीवनपछि माानिसहरू अनन्तसम्म परमेश्‍वरसँग स्वर्गमा वा उहाँ विना नरकमा जीवन बिताउँछन् ।
  • नयाँ करारमा “अनन्त जीवन” र “सधैँ रहिरहने जीवन” को प्रयोग परमेश्‍वरसँग स्वर्गमा सधैँ रहने कुरा जनाउनलाई प्रयोग गरिएको छ ।

"सदाको लागि" शब्‍दले कहिल्‍यै अन्‍त्‍य नहुने समयलाई बुझाउँछ।

  • “सदाको लागि” ले कहिले पनि अन्त नहुने समयलाई जनाउँछ र यसले अनन्त जीवन वा अनन्तता कस्तो हुन्छ भन्‍ने कुराको पनि छन्क दिन्छ । यसले केहि कुरा सदा हुनेछ वा रहनेछ भन्‍ने कुरालाई जोड दिदँछ। यसले कहिल्‍य अन्‍त नहुने समयलाई जनाउँछ।
  • परमेश्‍वरले दाऊदको सिंहासन "सदाको लागि" रहनेछ भन्‍नुभयो। यसले दाऊदका सन्‍तान येशूले सदाको लागि राजाको लागि शासन गर्नुहुनेछ भन्‍ने तथ्‍यलाई उल्‍लेख गरिएको छ।

अनुवादका लागि सुझावहरूः

  • "सधैँ रहिरहने" वा "अनन्‍त" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "कहिल्‍य नसिद्धिने" वा "कहिल्‍य नरोकिने" वा "सधैँ भईराख्‍ने" भन्‍ने कुराहरू समावेश हुन सक्‍छ।
  • शब्‍दहरू "अनन्‍त जिवन" र "कहिल्‍यै अन्‍त्‍य नहुने जिवन" लाई "जिवन जसको अन्‍त्‍य हुदैन" वा "जिवन जो कुनै रोक बिना जारि छ" वा  "सदाको लागि जिउन बौरि उठेको शरिर" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • सन्‍दर्भमा निर्भर गर्दै, "अनन्‍तता" लाई अनुवाद गर्ने विभिन्‍न तरिकाहरूमा ""समय बाहिर अवस्‍थित वा "नसिद्धिने जिवन" वा "स्‍वर्गमा जिवन" भन्‍ने कुराहरू समावेश हुन सक्‍छ।
  • यो शब्‍दलाई स्‍थानिय वा राष्‍ट्रिय भाषामा बाईबल अनुवादमा कसरी अनुवाद गरिएको छ विचार गर्नुहोस्। (हेर्नुहोस्ः अज्ञातहरू कसरी अनुवाद गर्ने )
  • "सदाको लागि" लाई "सधैँ" वा "कहिल्‍य अन्‍त्‍य नहुने" द्वारा पनि अनुवाद गर्न सकिन्‍छ।
  • यो "सधैँको लागि रहनेछ" भन्‍ने वाक्‍यांशलाई "सधैँ अवस्‍थित" वा "कहिल्‍यै रोकिनेछैन" वा "सधैँ जारि रहनेछ" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • यो "सदाँ र सधैँभरि" भनिने प्रबल वाक्‍यांशलाई "सधैँ र सधैँको लागि" वा "कहिल्‍यै अन्‍त्‍य नहुने" वा "जुन कहिल्‍यै समाप्‍त हुदैन" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • दाऊदको सिंहासन सधैँभरि रहनेछ भनिने वाक्‍यलाई  "दाऊदका सन्‍ताले सदासर्वदा शासन गर्नेछन्" वा "दाऊदका सन्‍तानले सधैँ शासन गर्नेछन्" भनेर अनुवाद गर्न सकिन्‍छ।

हेर्नुहोसः दाऊद, राज्‍य, जिवन

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति १७ः८
  • उत्‍पत्ति ४८ः४
  • प्रस्‍थान १५ः१७
  • २ शामूयल ३ः२८-३०
  • १ राजाहरू २ः३२-३३
  • अय्‍यूब ४ः२०-२१
  • भजनसंग्रह २१ः४
  • यशैया ९ः६-७
  • यशैया ४०ः२७-२८
  • दानिएल ७ः१८
  • लूका १८ः१८
  • प्रेरित १३ः४६
  • रोमि ५ः२१
  • हिब्रु ६ः१९-२०
  • १ यूहन्‍ना १ः२
  • १ यूहन्‍ना ५ः१२
  • प्रकाश १ः४-६
  • प्रकाश २२ः३-५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २७ः१ एक दिन, यहूदि व्‍यवस्‍थाका एक जना विज्ञ येशूकहाँ उहाँलाई जाचँ गर्न आए र भने, "गुरुज्‍यू, अनन्‍त जिवन पाउन मैले के गर्नु पर्छ?"
  • २८ः१ एक दिन, एक जना धनि जवान शासक येशूकहाँ आएर उहाँलाई सोधे, "हे असल गुरु, अनन्‍त जिवन पाउन मैले के गर्नुपर्छ?" येशूले उसलाई भन्‍नुभयो, "तिमिले मलाई असल के हो भनेर किन सोध्‍छौँ? एक मात्र असल हुनुहुन्‍छ त्‍यो परमेश्‍वर हुनुहुन्‍छ तर यदि तिमि अनन्‍त जिवन पाउन चाहान्‍छौ भने, परमेश्‍वरको व्‍यवस्‍थाहरू पालन गर।"
  • २८ः१० येशूले जवाफ दिनुभयो, "जसले मेरो नाऊँको खातिर आफ्‍नो घर, दाजुभाई, दिदिबहिनि, बुबा, आमा, छोराछोरी वा सम्‍पत्ति त्‍यागेको छ, उसले सयँ गुणा बढि पाउनेछ र अनन्‍त जिवन पनि पाउनेछ।"

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3117, H4481, H5331, H5703, H5705, H5769, H5865, H5957, H6924, G01260, G01650, G01660, G13360