ne_tw/bible/kt/savior.md

4.1 KiB

मुक्‍तिदाता

परिभाषा:

“मुक्‍तिदाता” शब्दले अरूलाई खतराबाट बचाउने वा छुटकारा दिने व्यक्‍तिलाई जनाउछ । यसले अरूहरूलाई सामर्थ्य दिने वा उपलब्ध गराउने कसैलाई जनाउँछ ।

  • पुरानो करारमा परमेश्‍वरलाई नै इस्रएलीहरूका मुक्‍तिदाताको रूपमा जनाइन्छ, किनभने उहाँले उनीहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनुभयो, उनीहरूलाई सामर्थ्य दिनुभयो, र उनीहरूलाई जिउनलाई आवश्यक पर्ने कुराहरू दिनुभयो ।
  • पुरानो करारमा, परमेश्वरले इस्राएलीहरूलाई आक्रमण गर्न आएका अन्‍य मानिसहरूका समूहरू विरुद्ध लडाइँमा अगुवाइ गरेर तिनीहरूको सुरक्षा गर्न न्‍यायकर्ताहरू नियुक्‍त गर्नुहुन्‍थ्‍यो। यी न्‍यायाकर्ताहरूलाई कहिलेकाहीँ "मुक्‍तिदाता" भनिन्‍छ। न्‍यायकर्ताहरूको पुरानो करारको पुस्‍तकले इतिहासको समयलाई टिपोट गर्छ जब यी न्‍यायकर्ताहरूले  इस्राएकलाई शासन गरिरहेका थिए।
  • नयाँ करारमा “मुक्‍तिदाता” येशू ख्रीष्‍टको उपाधी वा वर्णनको रूपमा प्रयोग गरिएको छ, किनभने उहाँले मानिसहरूलाई उनीहरूका पापहरूका निम्ति अनन्तरूपमा दण्ड दिनबाट बचाउनुहुन्छ । उहाँले उनीहरूलाई उनीहरूका पापहरूद्वारा नियन्‍त्रण गर्नबाट पनि बचाउनुहुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • सम्भव भएसम्म “मुक्‍तिदाता” शब्दलाई “बचाउनु” वा “मुक्‍ति” सँग सम्बन्धित शब्दहरूमा अनुवाद गर्नुपर्छ ।
  • यो शब्दलाई अनुवाद गर्ने तरिकाहरूमा “वचाउने व्यक्‍ति” वा “बचाउनुहुने परमेश्‍वर” वा “खतराबाट बचाउने” वा “शत्रुहरूबाट छुटकारा दिने” वा “(मानिसहरूलाई) पापहरूबाट छुटकारा दिने येशू” पर्छन् ।

(हेर्नुहोस्ः छुटकारा दिनु, येशू, येशू ख्रिष्‍ट, ख्रीष्‍ट येशू, मुक्‍ति, वचाउनु, सुरक्षित)

बाइबल खण्डहरूः

  • १ तिमोथी ०४:९-१०
  • २ पत्रुस ०२:२०-२२
  • प्रेरित ०५:२९-३२
  • यशैया ६०:१५-१६
  • लूका ०१:४६-४७
  • लूका ०१:७८-७९
  • भजनसंग्रह १०६:१९-२१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3467, G49900