ne_tw/bible/other/thorn.md

2.8 KiB
Raw Permalink Blame History

काँडा,काँडाको झाडी, सिउँडी

तथ्यहरू:

काँडाका घारीहरू र सिउँडीहरू त्यस्ता बिरुवाहरू हुन्, जसका स-साना काँडा भएका हाँगाहरू वा फुलहरू हुन्छन् । यी बिरुवाहरूले फल फलाउँदैनन् न त कुनै उपयोगी कुरो नै उत्पादन गर्छन् ।

  • "काँडा" बिरुवाको हाँगा वा डाँठमा उम्रने कडा, तिखो भाग हो । “काँडाको झाडी” सानो रुख वा पोथ्राको किसिम हो जसका हाँगाहरूमा धेरै काँडा हुन्छन् ।
  • "सिउँडी" स-साना काँडे डाँठ र पातहरू भएको बिरुवा हो । अक्सर यसका फलहरू बैजनी रङका हुन्छन् ।
  • काँडा र सिउँडीका बिरुवाहरू छिट्टै बढ्छन् र तिनले अन्य बिरुवाहरू वा अन्‍नहरूलाई बढ्न दिँदैनन् । यो पापले कसरी एउटा व्यक्‍तिलाई असल फल फलाउनबाट रोक्‍न सक्छ भन्‍ने तस्बिर हो ।
  • येशूलाई क्रुसमा टाँग्‍नुभन्दा पहिले उहाँको शिरमा काँडाका हाँगाहरूबाट बनाइएको मुकुट पहिराइएको थियो ।
  • सम्भव भएमा, यी शब्दहरूलाई उक्त भाषा क्षेत्रमा थाहा भएका दुई फरक बिरुवा वा झाडीहरूको नामद्वारा अनुवाद गर्नुपर्छ ।

(यो पनि हेर्नुहोस्: मुकुट, फल, आत्मा)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0329, H1863, H2312, H2336, H4534, H5285, H5518, H5544, H6791, H6796, H6975, H7063, H7898, G01730, G01740, G46470, G51460