ne_tw/bible/other/crown.md

5.0 KiB
Raw Permalink Blame History

मुकुट, मुकुट पहिराउनु

परिभाषा:

मुकुट राजा वा रानीजस्ता शासकहरूको शिरमा पहिराइने सजावटी, वृत्ताकार श्रीपेच हो। “मुकुट पहिराउनु” को अर्थ हुन्छ‒ कसैको शिरमा मुकुट लगाइदिनु। आलङ्कारिक रूपमा यसको अर्थ हुन्छः “सम्मान गर्नु।”

  • मुकुट साधारणतया सुन वा चाँदीबाट बन्छ र यसमा पन्‍ना, माणिक्यजस्ता रत्‍नहरू जडान गरिएका हुन्छन्।
  • मुकुटलाई राजाको शक्ति र सम्पत्तिको प्रतीकको रूपमा हेरिन्थ्यो।
  • यसको विपरीत, रोमी सिपाहीहरूले येशूको शिरमा पहिराइदिएका काँडाको मुकुटको अर्थ उहाँको गिल्ला गर्नु र उहाँलाई चोट पुर्‍याउनु थियो।
  • प्राचीन समयमा खेलकुद प्रतियोगिताका विजेताहरूलाई जैतूनका हाँगाहरूबाट बनेको मुकुट इनामस्वरूप दिइन्थ्यो। तिमोथीलाई लेखिएको आफ्नो दोस्रो पत्रमा प्रेरित पावलले यस मुकुटको चर्चा गरेका छन्।
  • आलङ्कारिक रूपमा प्रयोग गर्दा “मुकुट पहिराउनु” को अर्थ हुन्छः कसैलाई सम्मान गर्नु। परमेश्‍वरको आज्ञा पालन गरेर र उहाँको प्रशंसा गरेर हामी उहाँको सम्मान गर्छौं। यो भनेको उहाँको शिरमा मुकुट लगाई उहाँ राजा हुनुहुन्छ भनी मानिलिनुजस्तै हो।
  • पावल आफ्ना सङ्गी विश्‍वासीहरूलाई तिनको “आनन्द र मुकुट” भन्छन्। तिनको अभिव्‍यक्‍तिमा “मुकुट” लाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ जसको अर्थ हुन्छ, कि परमेश्‍वरको सेवामा यी विश्‍वासीहरू कसरी विश्‍वासयोग्य रहेका छन् भन्‍ने कुराद्वारा पावलले अति नै आशिष् पाएका छन् र सम्मान पाएका छन्।
  • आलङ्कारिक रूपमा प्रयोग गर्दा “मुकुट” लाई “पुरस्कार” वा “सम्मान” वा “इनाम” भनी अनुवाद गर्न सकिन्छ।
  • “मुकुट पहिराउनु” लाई आलङ्कारिक रूपमा प्रयोग गर्दा “सम्मान गर्नु” वा “सजावट गर्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • व्‍यक्‍तिलाई “मुकुट पहिराइएको” छ भने यसलाई “उसको शिरमा मुकुट लगाइयो” भनी अनुवाद गर्न सकिन्छ।
  • अभिव्‍यक्‍ति “उसलाई महिमा र सम्मानको मुकुट पहिराइयो” लाई “उसलाई महिमा र सम्मान दिइयो” वा “उसलाई महिमा र सम्मान प्रदान गरियो” वा “उसलाई महिमा र सम्मान सुम्पियो” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: महिमा, राजा, जैतून)

​बाइबलका सन्दर्भहरू:

  • यूहन्‍ना १९:३
  • विलाप ५:१६
  • मत्ती २७:२९
  • फिलिप्पी ४:१
  • भजनसंग्रह २१:३
  • प्रकाश ३:११

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H3803, H3804, H5145, H5849, H5850, H6936, G12380, G47350, G47370