ne_tw/bible/other/thief.md

3.5 KiB
Raw Permalink Blame History

चोर, लुट्नु, डाँकु, डकैती, लुटेराहरू

तथ्यहरू:

"चोर" शब्दले अरू मानिसहरूबाट पैसा वा सम्पत्ति चोर्ने व्यक्तिलाई बुझाउँछ । "चोर" को बहुवचन "चोरहरू" हो । "डाँकु" शब्दले उसले जुन व्यक्तिबाट चोरिरहेको छ उसैलाई शारीरिक रूपमा हानि पुर्‍याउने वा धम्की दिने व्यक्तिलाई जनाउँछ ।

  • येशूले डाँकुहरूको आक्रमणमा परेका यहूदीको हेरचाह गर्ने सामरीको एउटा दृष्टान्त भन्‍नुभयो ।
  • चोरहरू र डाँकुहरू दुवै नै मानिसहरूले अपेक्षा नगरेको समयमा चोर्न आउँछन् । प्रायः उनीहरूले गरिरहेका कुरालाई छोप्‍न उनहरूले अँध्यारोको साहारा लिन्छन् ।
  • नयाँ करारले शैतानलाई आलङ्कारिक अर्थमा चोर्न, मार्न र नष्‍ट पार्न आउने चोरको रूपमा वर्णन गर्छ । यसको अर्थ परमेश्‍वरका मानिसहरूलाई उहाँको आज्ञा पालन गर्नदेखि रोक्‍नु ने शैतानको योजना हो । यदि ऊ यसो गर्न सफल भयो भने, परमेश्‍वरले उनीहरूका निम्ति योजना गर्नुभएका असल थोकहरू उनीहरूबाट चोरिरहने छ ।
  • येशूले अचानक हुने उहाँको आगमनलाई मानिसहरूकहाँ अचानक चोर आउने कुरोसँग तुलना गर्नुभयो । जसरी चोर मानिसले अपेक्षा नगरेको समयमा आउँछ, त्यसै गरी येशू ख्रीष्‍ट मानिसले अपेक्षा नगरेको समयमा आउनुहुने छ ।

(यो पनि हेर्नुहोस्: आशिष्‌ दिनु, अपराध, क्रुसमा टाँग्‍नु, अन्धकार, विनाशक, शक्ति, सामरिया, शैतान)

शब्द विवरणः

शब्द विवरणः

  • Strongs: H1214, H1215, H1416, H1589, H1590, H1980, H6530, H7703, G07270, G24170, G28120, G30270