ne_tw/bible/names/samaria.md

5.0 KiB
Raw Permalink Blame History

सामरिया, सामरी

तथ्यहरूः

सामरिया एउटा सहरको नाम र इस्राएलको उत्तरी भागको वरिपरिको क्षेत्रको हो । पश्‍चिममा शारोनको मैदान र पूर्वमा यर्दन नदीको बिचमा यो अवस्थित थियो ।

  • पुरानो करारमा, सामरिया इस्राएलको उत्तरी राज्यको राजधानी सहर हो । पछि यस वरिपरिका क्षेत्रलाई पनि सामरिया भनियो ।
  • अश्शूरीहरूले उत्तरी इस्राएल राज्यलाई जितेपछि, तिनीहरूले सामरिया सहरलाई कब्जामा लिए, र उत्तरी इस्राएलीहरूलाई त्यो क्षेत्र छोड्नलाई कर लागाए र अश्शूरको विभिन्‍न सहरहरूमा लगे ।
  • अश्शूरीहरूले त्यहाँबाट लगिएका इस्राएलीहरूको सट्टामा बसोबास गर्नलाई सामरियामा धेरै विदेशीहरू ल्याए ।
  • त्यस क्षेत्रमा नै रहेका केही इस्राएलीहरूले त्यहाँ आएका विदेशीहरूसँग विवाह गरे, र तिनीहरूका सन्तानहरूलाई सामरीहरू भनियो ।
  • सामरीहरू आंशिक रूपमा मात्र यहूदीहरू भएका र तिनीहरूले अन्य देवताहरूको पूजा गरेका हुनाले यहूदीहरूले तिनीहरूलाई घृणा गर्थे ।
  • नयाँ करारको समयमा सामरियाको उत्तरतिर गालील र दक्षिणतिर यहूदिया प्रदेश पर्थ्यो ।

(यो पनि हेर्नुहोस्: अश्‍शूर, गालील, यहूदिया, शारोन, इस्राएलको राज्य)

बाइबलका खण्डहरूः

बाइलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २०ः४ त्यसपछि इस्राएलको राज्य भएको ठाउँमा बस्‍न अश्शूरीहरूले विदेशीहरूलाई ल्याए । ती विदेशीहरूले नष्‍ट पारिएका सहरहरूलाई पुनः निर्माण गरे, र त्यहाँ छोडिएका इस्राएलीहरूसँग विवाह गरे । विदेशीहरूसँग बिहे गर्ने इस्राएलीहरूका सन्तानहरूलाई सामरीहरू भनियो ।
  • २७ः८ “त्यो बाटो भएर आउने अर्को व्यक्‍ति सामरी थिए । (सामरीहरू अर्को राष्‍ट्रबाट आएका मानिसहरूसँग बिहे गर्नेहरूका सन्तानहरू थिए । सामरीहरू र यहूदीहरूले एकले अर्कालाई घृणा गर्थे । )”
  • २७ः९ “त्यो __सामरी__ले ती मानिसलाई ‍उठाएर तिनको गधामाथि राखे, र त्यसको हेरचाह गर्नलाई बाटो छेउको पाटीमा लगे ।”
  • ४५ः७ तिनी (फलिप) __सामरिया__मा गए र येशूको बारे प्रचार गरे, अनि धेरै मानिसहरूले बचाइए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H8111, H8115, H8118, G45400, G45410, G45420