ne_tw/bible/other/terror.md

2.9 KiB
Raw Permalink Blame History

त्रास, त्रसित पार्नु, भयभीत पार्नु, डर, सन्त्रास

परिभाषा:

"त्रास"ले चरम वा तीव्र डरको भावलाई बुझाउँछ । कसैलाई "भयभीत पार्नु" भनेको त्यो व्यक्तिलाई धेरै डराउने तुल्याउनु हो ।

  • "त्रास"चाहिँ भयानक डर वा आतंक ल्याउने केही वा कोही कुरा हो । त्रासको उदाहरण एक आक्रमणकारी शत्रु सेना वा धेरै मानिसहरूलाई मारिरहेको व्यापक विपत्ति वा रोग हुन सक्छ ।
  • यी त्रासहरूलाइ "भयभीय पार्ने" भनेर वर्णन गर्न सकिन्छ । यो शब्दलाई "डर पैदा गर्ने" वा "त्रास सृजना गर्ने" भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरको न्यायले उहाँको अनुग्रह अस्वीकार गर्ने अपश्‍चात्तापीहरूलाई कुनै दिन त्रास पैदा गर्ने छ ।
  • "त्रासको परमप्रभु" लाई "परमप्रभुको डरलाग्दो उपस्थिति" वा "परमप्रभुको डरलाग्दो न्याय" वा "परमप्रभुले ठुलो डर पैदा गर्नुहुँदा" भनेर अनुवाद गर्न सकिन्छ ।
  • "त्रास"लाई अनुवाद गर्ने तरिकाहरूमा "चरम डर" वा "गहिरो डर" पर्न सक्छन् ।

(यो पनि हेर्नुहोस्: वैरी, डर, न्यायकर्ता, विपत्ति, परमप्रभु)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0367, H0926, H0928, H1091, H1161, H1204, H1205, H1763, H2111, H2113, H2189, H2731, H2847, H2851, H2865, H3372, H3707, H4032, H4172, H4288, H4637, H6184, H6206, H6343, H6973, G16290, G16300, G22580, G44220, G44260, G54010