ne_tw/bible/other/sow.md

4.0 KiB
Raw Permalink Blame History

बिरुवा (रोप्‍नु), रोपेको, रोपण गरेको, पुनःरोपण गरेको, प्रत्यारोपण गरेको, छर्नु, छर्ने

परिभाषा:

"बिरुवा" सामान्यतया बढ्ने र जमिनसँग जोडिएको कुनै थोक हो । "छर्नु" भनेको बिरुवाहरू उत्पादन गर्नको लागि जमिनमा बीउ राख्नु हो । बीउ छर्ने वा रोप्‍ने व्यक्ति "छर्ने व्यक्ति" हो ।

  • रोप्‍ने वा छर्ने तरिका फरक हुन्छ, तर एउटा तरिकाचाहिँ मुट्ठीभरि बीउ लिएर जमिनमा छर्नु हो ।
  • बीउ रोप्‍ने अर्को तरिका माटोमा प्वाल बनाउनु र प्रत्येक प्वालमा बीउ राख्नु हो ।
  • “व्यक्तिले जे छर्छ त्यही कटनी गर्नेछ” भन्‍ने वाक्यमा जस्तै “छर्नु” शब्दलाई आलङ्‍कारिक रूपमा प्रयोग गर्न सकिन्छ । यसको मतलब यदि कुनै व्यक्तिले खराब काम गर्छ भने उसले नकरात्मक परिणाम प्राप्त गर्दछ, यदि कुनै व्यक्तिले राम्रो काम गर्दछ भने उसले सकारात्मक परिणाम प्राप्त गर्दछ ।

अनुवादका निम्ति सुझावहरूः

  • “छर्नु” शब्दलाई “रोप्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • "छर्ने"लाई अनुवाद गर्ने अर्को तरिकाचाहिँ "रोप्‍ने" वा "किसान" वा "बीउ रोप्‍ने व्यक्ति" हुन सक्छन् ।
  • अङ्ग्रजीमा “छर्नु” शब्दलाई बिउ राख्‍नुको लागि मात्र प्रयोग गरिन्छ, तर “रोप्‍नु” लाई बिउ रोप्‍नु साथै ठुला-ठुला रुखहरू रोप्‍नको लागि पनि प्रयोग गर्न सकिन्छ ।
  • “मानिसले जे छर्छ त्यही कटनी गर्छ”लाई "जसरी अमूक बीउले अमूक बिरुवा उत्पादन गर्छ, त्यसरी नै कुनै व्यक्तिको असल कार्यहरूले असल परिणामहरू ल्याउने छ र व्यक्तिको खराब कामले खराब परिणाम ल्याउने छ" भनि अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: दु्ष्ट, असल, फसल)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2221, H2232, H2233, H2236, H4218, H4302, H5193, H7971, H8362, G46870, G47030, G54520