ne_tw/bible/kt/good.md

6.6 KiB

असल, उत्तमता

परिभाषा:

सन्दर्भमा आधारित रहेर शब्द “असल” का विभिन्‍न अर्थहरू छन् । यी विभिन्‍न शब्दहरूलाई अनुवाद गर्न धेरै भाषाहरूले विभिन्‍न शब्दहरूको प्रयोग गर्छन् ।

  • "असल" भन्‍न बित्तिकै भावनात्‍म रूपमा सुखद, नैतिक रूपमा सहि, उत्‍कृष्‍ट, सहयोगि, उपयुक्‍त, वा लाभदायक हुन सक्‍छ।
  • बाईबलमा, "असल" को सामान्‍य अर्थ अक्‍सर "खराब" सँग विपरित हुन्छ।

अनुवादका लागि सुझावहरूः

  • अनुवाद गरिएको भाषामा “असल” को लागि प्रयोग गरिने शब्दलाई जहाँसुकै यो सामान्य अर्थ सठिक र स्वाभाविक हुँदा प्रयोग गरिनुपर्छ, खास गरी खराब (वा दुष्‍ट) सित विपरीत भएका सन्दर्भहरूमा ।
  • सन्दर्भमा आधारित रहेर यस शब्दलाई “दयालु” वा “सर्वोत्तम” वा “परमेश्‍वरमा स्वीकारयोग्य” वा “धार्मिक” वा “नैतिक रूपमा सोझो” वा “लाभदायक” भनी अनुवाद गर्न सकिन्छ ।
  • “असल जमिन” लाई “उर्वरायुक्‍त जमिन” वा “उत्पादनशील जमिन” भनी अनुवाद गर्न सकिन्छ । “असल फसल” लाई “प्रचुर फसल” वा “फसलको अत्यधिक मात्रा” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “लाई असल गर्नुहोस्” को अर्थ हुन्छ कि अरूलाई फाइदा पुग्‍ने कुराहरू गर्नु र यसलाई “प्रति दयालु हुनुहोस्” वा कसैलाई “मदत गर्नुहोस्” वा “फाइदा दिनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • "शवाथमा राम्रो गर्नु" को अर्थ "शबाथमा अरूलाई मदत गर्ने कामहरू" गर्नु हो।"
  • सन्दर्भमा आधारित रहेर “उत्तमता” लाई “आशिष्” वा “दया” वा “नैतिक सिद्धता” वा “धार्मिकता” वा “शुद्धता” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः धर्मि, समृद्धि, दुष्‍ट)

बाइबलका सन्दर्भहरूः

  • गलाति ५ः२२-२४
  • उत्‍पत्ति १ः१२
  • उत्‍पत्ति २ः९
  • उत्‍पत्ति २ः१७
  • याकुब ३ः१३
  • रोमि २ः४

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०१-०४) आफूले सृष्‍टि गर्नुभएको कुरो असल थियो भनी परमेश्‍वरले देख्‍नुभयो ।
  • (०१-११) परमेश्‍वरले … असल र खराबको ज्ञान दिने रुख लगाउनुभयो ।”
  • (०१-१२) त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई एकलो रहन असल छैन ।”
  • (०२-०४) “परमेश्‍वर जान्‍नुहुन्छ कि तिमीले यसलाई खानेबित्तिकै तिमी परमेश्‍वरजस्तै हुनेछ्यौ र तिमीले उहाँले जस्तै असल र खराबलाई बुझ्‍नेछ्यौ ।”
  • (०८-१२) “तपाईंहरूले मलाई दासको रूपमा बेच्‍नुहुँदा खराब गर्ने कोसिस गर्नुभयो, तर परमेश्‍वरले त्यस खराबलाई असलको लागि प्रयोग गर्नुभयो ।”
  • (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा गरे र उहाँप्रति आज्ञाकारी बने ।
  • (१८-१३) यीमध्ये केही राजाहरू असल मानिसहरू थिए, जसले न्यायपूर्वक शासन गरे र परमेश्‍वरको आराधना गरे ।
  • (२८-०१) “हे असल शिक्षक, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी मलाई किन ‘असल’ भन्छौ ? एक जना मात्र असल हुनुहुन्छ जो परमेश्‍वर हुनुहुन्छ ।”

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0117, H0145, H0155, H0202, H0239, H0410, H1580, H1926, H1935, H2532, H2617, H2623, H2869, H2895, H2896, H2898, H3190, H3191, H3276, H3474, H3788, H3966, H4261, H4399, H5232, H5750, H6287, H6643, H6743, H7075, H7368, H7399, H7443, H7999, H8231, H8232, H8233, H8389, H8458, G00140, G00150, G00180, G00190, G05150, G07440, G08650, G09790, G13800, G20950, G20970, G21060, G21070, G21080, G21090, G21140, G21150, G21330, G21400, G21620, G21630, G21740, G22930, G25650, G25670, G25700, G25730, G28870, G29860, G31400, G36170, G37760, G41470, G46320, G46740, G48510, G52230, G52240, G53580, G55420, G55430, G55440