ne_tw/bible/other/harvest.md

3.4 KiB
Raw Permalink Blame History

फसल, कटनी

परिभाषा:

“फसल” भन्‍नाले तिनीहरूले उब्जाएको बिरुवाबाट पाकेका फलफूल, तरकारी, बीउ वा अन्‍न जम्मा गर्नुलाई जनाउँछ । "कटनी" शब्दको अर्थ फसल उठाउनु हो ।

  • फसलको समय सामान्यतया उत्पादन गर्ने मौसमको अन्त्यमा हुन्छ ।
  • इस्राएलीहरूले “फसलको चाड” वा “कटनीको चाड” भनेर अन्‍नबाली काट्ने उत्सव मनाउँथे । परमेश्‍वरले तिनीहरूलाई यी अन्‍नबालीहरूका पहिलो फल उहाँलाई बलिदानको रूपमा चढाउन आज्ञा दिनुभयो ।
  • बाइबलीय समयमा, बाली काट्नेहरूले सामान्यतया हातले काट्ने गर्थे, बिरुवाहरू उखेलेर वा धारिलो काट्ने औजारले काट्ने गर्थे ।

अनुवादका निम्ति सुझावहरूः

  • बालीको कटनीलाई जनाउन अनुवाद गरिएको भाषामा सामान्य रूपमा प्रयोग गरिने शब्दसँगको अवधारणा अनुवाद गर्नु उत्तम हुन्छ ।
  • कटनीको कार्यलाई “बाली भित्र्याउने समय” वा "अन्‍न भोत्र्याउने समय" वा “फल टिप्‍ने समय” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कटनी गर्नु” क्रियालाई “भित्र्याउनु” वा “टिप्‍नु” वा “बटुल्नु” भनी अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: पहिलो फलहरू, चाड, शुभ खबर)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2758, H4395, H4672 H7105, H7114, H7938, G02700, G23250, G23260, G23270