ne_tw/bible/other/firstfruit.md

3.2 KiB
Raw Permalink Blame History

पहिलो फलहरू

परिभाषा:

“पहिलो फलहरू” भन्‍नाले फसलको समयमा बटुलेको फलफूल र तरकारीहरूको पहिलो भागलाई जनाउँछ ।

  • इस्राएलीहरूले यी पहिलो फलहरू परमेश्‍वरलाई बलिदानको रूपमा चढाउँने गर्थे ।
  • बाइबलमा पहिले जन्मेको छोरोलाई पनि परिवारको “पहिलो फलहरू” भएको आलंकारिक रूपमा प्रयोग गरिएको पाइन्छ । ऊ त्यो परिवारमा पहिलो जन्मेको भएको हुनाले,उसले परिवारको नाउँ र सम्मान बहन गर्थ्यो ।
  • येशू मृत्युबाट जीवित हुनु भएको कारण उहाँमा मरेका तर कुनै दिन जीवित हुने उहाँमा विश्‍वास गर्ने सबै विश्‍वासीहरूमध्ये उहाँलाई "पहिलो फल" भनिन्छ ।
  • उहाँमा विश्‍वास गर्ने, उद्धार पाएका र उहाँका मानिसहरूहरूलाई दिइएको विशेष अधिकार र पदलाई उल्लेख गर्दै येशूमा विश्‍वास गर्ने मानिसहरूलाई पनि सम्पूर्ण “सृष्‍टिको पहिलो फलहरू” भनिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • यस शब्दको शाब्दिक प्रयोगलाई "अन्‍नको पहिलो भाग" वा "फसलको पहिलो भाग" भनेर अनुवाद गर्न सकिन्छ ।
  • सम्भव भएमा, विभिन्न सन्दर्भहरूमा फरक अर्थहरू दिन अलङ्कारिक प्रयोगहरूलाई शाब्दिक रूपमा अनुवाद गर्नुपर्छ । यसले शाब्दिक अर्थ र अलङ्कारिक प्रयोगहरू बिचको सम्बन्ध पनि देखाउने छ ।

(हेर्नुहोस्: जेष्ठपुत्र)

बाइबलका सन्दर्भहरूः

शब्द तथ्याङ्कः

  • Strongs: H1061, H6529, H7225, G05360