ne_tw/bible/kt/goodnews.md

6.0 KiB

शुभ खबर, सुसमाचार

परिभाषा:

“सुसमाचार” को शाब्दिक अर्थ हुन्छ‒ “शुभ खबर ।” यसले त्यस्तो सन्देश वा घोषणालाई जनाउँछ, जसलाई सुन्दा मानिसहरूलाई फाइदा मिल्छ वा तिनीहरूलाई खुसी पार्छन् ।

  • बाइबलमा यस शब्दले साधारणतया क्रुसमा येशूको बलिदानद्वारा मानिसहरूका निम्ति परमेश्‍वरको उद्धारबारे भएको सन्देशलाई जनाउँछ ।
  • अधिकांश अङ्ग्रेजी बाइबलहरूमा “शुभ खबर” लाई साधारणतया “सुसमाचार” भनी अनुवाद गरिएको छ । “येशू ख्रीष्‍टको सुसमाचार,” “परमेश्‍वरको सुसमाचार” र “राज्यको सुसमाचार” भन्‍ने पदावलीहरूमा यसलाई देख्‍न सकिन्छ ।

अनुवादका लागि सुझावहरूः

  • “शुभ सन्देश” वा “शुभ घोषणा” वा “उद्धारबारे परमेश्‍वरको सन्देश” वा “येशूको बारेमा परमेश्‍वरले सिकाउनुहुने शुभ कुराहरू” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “को शुभ खबर” लाई “बारेमा भएको शुभ खबर/सन्देश” वा “बाट आएको शुभ सन्देश” वा “को बारेमा परमेश्‍वरले बताउनुहुने शुभ कुराहरू” वा “परमेश्‍वरले मानिसहरूलाई कसरी बचाउनुहुन्छ भन्‍ने कुरा” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः राज्य, बलिदान, भेटी, उद्धार)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ०१:४-५
  • प्रेरित ०८:२५
  • कलस्सी ०१:२१-२३
  • गलाती ०१:६-७
  • लूका ०८:१-३
  • मर्कूस ०१:१४-१५
  • फिलिप्पी ०२:२२-२४
  • रोमी ०१:१-३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२३-०६) स्वर्गदूतले भने, “नडराओ, किनकि तिमीहरूका लागि मसित शुभ खबर छ । मसीह अर्थात् मालिक बेथलेहेममा जन्मनुभएको छ !”
  • (२६-०३) येशूले पाठ गर्नुभयो, “गरिबहरूलाई शुभ खबर सुनाउन, बन्दीहरूलाई स्वतन्‍त्रताको घोषणा गर्न, दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन उत्पीडनहरूलाई मुक्‍त गर्न परमेश्‍वरले मलाई उहाँका आत्मा दिनुभएको छ । यो प्रभुको कृपाको वर्ष हो ।”
  • (४५-१०) तिनलाई येशूको शुभ खबर सुनाउन फिलिपले अन्य धर्मशास्‍त्र पनि प्रयोग गरे ।
  • (४६-१०) त्यसपछि अन्य धेरै ठाउँहरूमा येशूको बारेमा भएको शुभ खबरको प्रचार गर्न तिनीहरूले उनीहरूलाई पठाए ।
  • (४७-०१) एक दिन पावल र सिलास येशूको बारेमा भएको शुभ खबरको घोषणा गर्न फिलिप्पी नगरमा गए ।
  • (४७-१३) येशूको बारेमा भएको शुभ खबर फैलिरह्‍यो, र मण्डली वृद्धि भइरह्‍यो ।
  • (५०-०१) करिब दुई हजार वर्षसम्म संसारका चारैतिर भएका धेरैभन्दा धेरै मानिसहरूले येशू मसीहको बारेमा भएको शुभ खबरलाई सुन्दै आइरहेका छन् ।
  • (५०-०२) येशू पृथ्वीमा जिउनुहुँदा उहाँले भन्‍नुभयो, “संसारको हरेक ठाउँमा भएका मानिसहरूलाई मेरा चेलाहरूले परमेश्‍वरको राज्यको बारेमा भएको शुभ खबर प्रचार गर्नेछन्, र त्यसपछि अन्त्य आउनेछ ।”
  • (५०-०३) उहाँ स्वर्ग फर्कनुअगि कहिल्यै शुभ खबर नसुनेका मानिसहरूलाई यसको घोषणा गर्न येशूले ख्रीष्‍टियानहरूलाई आज्ञा दिनुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G20970, G20980, G42830