ne_tw/bible/other/run.md

4.4 KiB
Raw Permalink Blame History

दौडनु, धावक, हतारिएको, छिट्टि गयो, छरपस्ट भयो, बग्‍नु

परिभाषा:

“दौडनु” को शाब्दिक अर्थ खुट्टाले छिटो-छिटो हिँड्नु वा सामान्य रूपमा हिँड्दा गर्न सकिनेभन्दा बढी गतिमा हिँड्नु हो ।

"दौडनु"को यो मुख्य अर्थलाई पनि निम्‍न आलङ्‍कारिक अभिव्यक्तिहरूमा प्रयोग गरिन्छः

  • “पुरस्कार जित्‍ने तरिकाले दौडनु” भन्‍नाले जित्‍नको लागि दौडमा लगनशीलताका साथ दौडेजस्तै परमेश्‍वरको इच्छा पूरा गर्न लगनशील भइरहने कुरोलाई बुझाउँछ ।
  • "तपाईंका आज्ञाहरूको मार्गमा दौडनु(हिँड्नु)" भन्‍नुको अर्थ खुसीसाथ र तुरून्तै परमेश्‍वरका आज्ञाहरू पालन गर्नु हो ।
  • "अरू देवताहरूको पछि लाग्‍नु" भनेको अरू देवताहरूको पूजा गर्न लागिरहनु हो ।
  • "मलाई लुकाउन म तपाईंकहाँ दर्गुछु" भनेको कठिन थोकहरूको सामना गर्दा शरण र सुरक्षाको लागि तुरून्तै परमेश्‍वरमा फर्कनु हो ।
  • पानी र अन्य तरल पदार्थहरू जस्तै आँसु, रगत, पसिना, र नदीहरू "दौडनु" भनिन्छ । यसलाई "बग्‍नु" भनी अनुवाद गर्न सकिन्छ ।
  • कुनै देश वा क्षेत्रको सिमानालाई नदी वा अर्को देशको सिमाना "सँगै दौडन्छ(जोडिएको छ)" भनिन्छ। यो देशको सिमाना नदी वा अन्य देशको "छेउमा छ" भनेर वा यो देशले नदीलाई वा अर्को देशलाई छोएको छ भनी अनुवाद गर्न सकिन्छ ।
  • नदीहरू र खोलाहरू "सुक्खा" हुन सक्छन्, जसको मतलब तिनीहरूमा पानी छैन भन्‍ने हुन्छ । यसलाई "सुकेको छ" वा "सुख्‍खा भएको छ" भनेर अनुवाद गर्न सकिन्छ ।
  • चाडका दिनहरूले "आफ्नो मार्गमा दौडन" सक्छ, जसको अर्थ तिनीहरू "बितिसकेका छन्" वा "समाप्त हुन्छन्" वा "समाप्त भए" हुन्छ ।

(यो पनि हेर्नुहोस्: झुटो देवाता, अटल रहनु, शरण, फर्कनु)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0213, H0386, H1065, H1272, H1556, H1980, H2100, H2416, H3001, H3212, H3332, H3381, H3920, H3988, H4422, H4754, H4794, H4944, H5074, H5127, H5140, H5472, H5756, H6437, H6440, H6544, H6805, H7272, H7291, H7310, H7323, H7325, H7519, H7751, H8264, H8308, H8444, G04130, G13770, G16010, G15300, G15320, G19980, G27010, G37290, G40630, G43700, G43900, G48900, G49360, G51430, G52400, G52950, G53430