ne_tw/bible/other/refuge.md

5.8 KiB

शरण ,शरणस्थान, आश्रय

परिभाषा:

“शरणस्थान” ले संरक्षण र सुरक्षाको स्थान वा अवस्थालाई जनाउछ।” आश्रय” ले मौसम वा खतराबाट सुरक्षा दिने भौतिक संरचनालाई जनाउछ।

  • बाइबलमा प्रायः परमेश्‍वरलाई शरणस्थानकोरूपमा उल्लृख गरिएको छ, जहाँ उहाँका मानिसहरू सुरक्षित, संरक्षित र वास्तामा हुनसक्छन्।
  • पुरानो करारमा “शरण-नगर” ले त्यस्ता सहरहरूलाई जनाउथ्यो, जहाँ कसैले अनजानमा कुनै पनि व्यक्‍तिलाई मार्‍यो भने त्यो व्यक्‍ति बदला लिन चाहने अरु मानिसहरूको आक्रमणबाट बच्‍नको निम्ति भागेर त्यो शरण-नगरमा सुरक्षाको निम्ति जानसक्थ्यो।
  • प्रायः “आश्रय” भनेको मानिसहरू वा जनावरहरूलाई सुरक्षा प्रदान गर्ने भवन वा छाना जस्ता भौतिक संरचना हो।
  • कहिलेकहीँ “आश्रय” को अर्थ “सुरक्षा” पनि हुन्छ, जसरी लोतले उनका पाहुनाहरू उनका छानाको “आश्रय मुनि” थिए भने। तिनीहरू उनका घरमा भएका हुनाले तिनीहरू सुरक्षित रहनुपर्छ भनिरहेका थिए।
  • “शरणस्थान” लाई “सुरक्षित स्थान” वा “सुरक्षाको ठाउँ” भनेर पनि अनुवाद गर्न सकिन्छ। * सन्दर्भअनुसार “आश्रय” लाई “सुरक्षा दिने कुनै थोक” वा “सुरक्षा” वा “सुरक्षित स्थान” भनेर पनि अनुवाद गर्न सकिन्छ। * यदि यसले भौतिक संरचनालाई जनाउछ भने “आश्रय” ला
  • “शरणस्थान” लाई “सुरक्षित स्थान” वा “सुरक्षाको ठाउँ” भनेर पनि अनुवाद गर्न सकिन्छ। * सन्दर्भअनुसार “आश्रय” लाई “सुरक्षा दिने कुनै थोक” वा “सुरक्षा” वा “सुरक्षित स्थान” भनेर पनि अनुवाद गर्न सकिन्छ। * यदि यसले भौतिक संरचनालाई जनाउछ भने “आश्रय” ला

अनुवाद सुझावहरू:

  • "शरणस्थान" भन्ने शब्दलाई "सुरक्षित ठाउँ" वा "सुरक्षाको ठाउँ" भनेर अनुवाद गर्न सकिन्छ।
  • "शरणार्थीहरू" भन्नाले खतरनाक परिस्थितिबाट बच्न आफ्नो घर छोड्ने मानिसहरूलाई बुझाउँछ र यसलाई "विदेशीहरू," "घरबारविहीन मानिसहरू" वा "निर्वासितहरू" भनेर अनुवाद गर्न सकिन्छ।
  • प्रसङ्गअनुसार "आश्रय" भन्ने शब्दलाई "सुरक्षा दिने वस्तु" वा "सुरक्षा" वा "सुरक्षित ठाउँ" भनेर अनुवाद गर्न सकिन्छ।
  • यदि यसले भौतिक संरचनालाई बुझाउँछ भने "आश्रय"-लाई "सुरक्षात्मक भवन" वा "सुरक्षाको घर" भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • "सुरक्षित आश्रयमा" भन्ने वाक्यांशलाई "सुरक्षित ठाउँमा" वा "सुरक्षा दिने ठाउँमा" भनेर अनुवाद गर्न सकिन्छ।
  • "आश्रय लिनु" वा "शरण लिनु" वा "शरण लिनु" लाई "सुरक्षित स्थान खोज्नु" वा "आफूलाई सुरक्षित स्थानमा राख्नु" भनी अनुवाद गर्न सकिन्छ।

बाइबल सन्दर्भहरू:

  • [२ शमूएल 22:3-4] (rc://*/tn/help/2sa/22/03)
  • [व्यवस्था 32:37-38] (rc://*/tn/help/deu/32/37)
  • [यशैया 23:14] (rc://*/tn/help/isa/23/14)
  • [यर्मिया 16:19] (rc://*/tn/help/jer/16/19)
  • [गन्ती 35:24-25] (rc://*/tn/help/num/35/24)
  • [भजन सङ्ग्रह 46:1] (rc://*/tn/help/psa/046/001)
  • [भजन संग्रह 28:8] (rc://*/tn/help/psa/028/008)

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स: H2620, H4268, H4498, H4585, H4733, H4869