ne_tw/bible/other/purple.md

3.0 KiB
Raw Permalink Blame History

बैजनी

तथ्यहरू:

“बैजनी” निलो र रातो रङको मिश्रणलाई बुझाउने रङको नाउँ हो ।

  • प्राचीन समयमा, बैजनी रङको एक दुर्लभ र अत्यन्त मूल्यवान रङ थियो जसलाई राजाहरू र अन्य उच्च अधिकारीहरूको लुगा रङ्गाउन प्रयोग गरिन्थ्यो ।
  • यो रङ उत्पादन गर्न महँगो र धेरै समय लाग्‍ने भएको हुनाले बैजनी लुगालाई धन, विशिष्टता र राजसी चिन्ह मानिन्थ्यो ।
  • पवित्र वासस्थान र मन्दिरको पर्दा र पुजारीहरूले लगाउने एपोदका लागि प्रयोग गरिने रङहरूमध्ये बैजनी पनि एक थियो ।
  • बैजनी रङ एक प्रकारको समुद्री शंखेकिराबाट या त यसलाई किचेर वा उमालेर रङ निकालिन्थ्यो वा जीवित हुँदा नै रङ निकाल्न लगाइन्थ्यो । यो एउटा महँगो प्रक्रिया थियो ।
  • उहाँ यहूदीहरूको राजा भएको दाबीको लागि उहाँको खिल्ली उडाउन, रोमी सिपाहीहरूले येशूलाई उहाँको क्रूसमा टाँग्‍नुअघि बैजनी राजसी लुगा लगाइदिए ।
  • फिलिप्पी सहरकी लिडिया नाउँ गरेकी एक जना स्त्रीले बैजनी कपडा बेचेर आफ्नो जीविकोपर्जन गर्थिन् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू अनुवाद गर्नु)

(यो पनि हेर्नुहोस्: एपोद, फिलिप्‍पी, राजसी, पवित्र वासस्थान, मन्दिर)

शब्द विवरणः

शब्द विवरणः

  • Strongs: H0710, H0711, H0713, G42090, G42100, G42110