ne_tw/bible/kt/ephod.md

2.1 KiB

एपोद

परिभाषा:

एपोद इस्राएली पूजाहारीहरूले लगाउने एक किसिमको कपडा थियो । यसलाई काँधमाथिबाट घुसारिन्‍थ्‍यो र यसले अगाडिको भागलाई ढाक्‍थ्‍यो । यसलाई फित्ताको सहायताले कम्मरमा बाँधिन्थ्यो ।

  • एक प्रकारको एपोद सादा सुति कपडाबाट बनेको थियो र साधारण पूजहारीहरूले लगाउने गर्थे।
  • यो सुन, नीलो, बैजनी र रातो धागोले बनेको महँगो र सुन्दर कपडा थियो जसलाई पूजाहारीले लगाउँथे ।
  • एपोदको अगाडिपट्टि पूजाहारीले लगाउने छाती-पाता जोडिएको हुन्थ्यो । छाती-पाताको पछाडि ऊरीम र तुम्मीम राखिन्थ्यो र कुनै पनि विषयहरूमा परमेश्‍वरको इच्छा के छ भनेर जान्‍नको लागि यसको प्रयोग गरिन्थ्यो ।
  • गिदोनले सुनको एपोद बनाए र यसलाई इस्राएलीहरूले मूर्तिको रूपमा पुज्‍न थाले ।

हेर्नुहोसः पूजहारी

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल २ः१८-१९
  • प्रस्‍थान २८ः४-५
  • होशे ३ः४
  • न्‍यायकर्ताहरू ८ः२७
  • लेवि ८ः७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0641, H0642, H0646