ne_tw/bible/other/pit.md

2.1 KiB
Raw Permalink Blame History

खाडल, खल्डो, खाई, कुण्ड

परिभाषा:

खाडल जमिनमा खनिएको एउटा गहिरो भ्वाङ हो ।

  • "कुण्ड' पानी राख्‍नको निम्ति खनेको खल्डो हो ।
  • मानिसहरूले जनावरहरूलाई पासोमा पार्न वा पानी पत्ता पाउने उद्देश्यले खाडल खन्‍छन् ।
  • खाडलहरू कैदीहरूलाई अस्थायी रूपमा राख्‍ने ठाउँको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
  • कहिलेकाहीँ “खाडल” ले चिहान वा नरकलाई पनि बुझाउँछ । अरू बेला यसले "पाताल"ला जनाउँछ ।
  • "खाडल" शब्द "विनाशको खाडल" जस्ता वाक्यांशहरूमा आलङ्‍कारिक रूपमा पनि प्रयोग गरिन्छ, जसले विनाशकारी परिस्थितिमा फसेको वा पापपूर्ण, विनाशकारी क्रियाकलापहरूमा गहिरो रूपमा संलग्‍न भएको उल्लेख गर्छ ।

(यो पनि हेर्नुहोस्: पाताल, नरक, झ्यालखान)

शब्द विवरणः

शब्द विवरणः

  • Strongs: H0875, H0953, H1356, H1475, H2352, H4087, H4113, H4379, H6354, H7585, H7745, H7816, H7825, H7845, H7882, G00120, G09990, G54210