ne_tw/bible/kt/hell.md

4.5 KiB

नरक, अग्‍नि-कुण्ड

परिभाषा:

नरक अन्त्यहीन पीडा र दुःखकष्‍टको ठाउँ हो, जहाँ उहाँको विरुद्धमा जाने र येशूको बलिदानमार्फत मानिसहरूलाई बचाउने उहाँको उद्धारको योजनालाई इन्कार गर्ने हरेकलाई उहाँले दण्ड दिनुहुनेछ । यसलाई “अग्‍नि-कुण्ड” भनेर पनि उल्लेख गरिएको छ ।

  • नरकलाई आगो र अत्यधिक दुःखकष्‍टको ठाउँको रूपमा बयान गरिएको छ ।
  • शैतान र त्यसलाई पछ्याउने दुष्‍तात्माहरू अनन्त दण्डको लागि नरकमा फ्याँकिनेछन् ।
  • आफ्ना पापको लागि येशूको बलिदानमा विश्‍वास नगर्ने र उहाँले तिनीहरूलाई बचाउन सक्‍नुहुन्छ भनी भरोसा नगर्ने मानिसहरू पनि सदाको लागि नरकमा दण्डित हुनेछन् ।

अनुवादका लागि सुझावहरूः

  • यी शब्दहरू विभिन्‍न सन्दर्भहरूमा प्रयुक्‍त हुने भएकाले तिनलाई फरक-फरक किसिमले अनुवाद गरिनुपर्छ ।
  • केही भाषाहरूले पदावली “अग्‍नि-कुण्ड” मा “कुण्ड” शब्दको प्रयोग गर्न सक्दैनन् किनकि यसले पानीलाई जनाउँछ ।
  • “नरक” शब्दलाई “दुःखकष्‍टको ठाउँ” वा “अन्धकार र पीडाको आखिरी स्थान” भनी अनुवाद गर्न सकिन्छ ।
  • “अग्‍नि-कुण्ड” शब्दलाई “आगोको सागर” वा “(दुःखकष्‍टको) विशाल आगो” वा “आगोको क्षेत्र” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय, मृत्यु, मर्नु, मृत, हेडिस, सिओल, अगाद-खाँद)

बाइबलका सन्दर्भहरूः

  • याकूब ०३:५-६
  • लूका १२:४-५
  • मत्ती ०५:२१-२२
  • मत्ती ०५:२९-३०
  • मत्ती १०:२८-३१
  • मत्ती २३:३२-३३
  • मत्ती २५:४१-४३
  • मर्कूस ०९:४२-४४
  • प्रकाश २०:१३-१५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (५०-१४) उहाँ (परमेश्‍वर) ले तिनीहरूलाई नरकमा फालिदिनुहुनेछ, जहाँ तिनीहरू बडो कष्‍टसाथ सदासर्वदा रुनेछन् र आ-आफ्ना दार्‍हा किट्नेछन् । कहिल्यै ननिभ्ने आगोले तिनीहरूलाई निरन्तर रूपमा जलाइरहनेछ, र किराहरूले तिनीहरूलाई खाइरहनेछन् ।
  • (५०-१५) उहाँले शैतानलाई नरकमा फालिदिनुहुनेछ, जहाँ परमेश्‍वरप्रति आज्ञाकारी हुनुको साटो त्यसलाई पछ्याउने हरेक व्यक्‍तिसँगै त्यो सदासर्वदा जल्नेछ ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7585, G00860, G04390, G04400, G10670, G30410, G44420, G44430, G44470, G44480, G50200, G53940, G54570