ne_tw/bible/other/abyss.md

1.6 KiB
Raw Permalink Blame History

अतल-कुण्ड, विनापिँधको खाडल

परिभाषा:

“अतल-कुण्ड” ले अति ठुलो र गहिरो खाडल वा पिँध नभएको दरारलाई जनाउँछ ।

  • बाइबलमा “अतल-कुण्ड” दण्डको स्थान हो ।
  • उदाहरणको लागि, येशूले एउटा मानिसबाट दुष्‍टात्माहरूलाई बाहिर निस्केर आउन आज्ञा दिनुहुँदा तिनीहरूलाई “अतल-कुण्ड” मा नपठाइयोस् भनी तिनीहरूले उहाँसँग बिन्ती गरे ।
  • “अतल-कुण्ड” लाई “पिँधविनाको खाडल” वा “गहिरो दरार” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यसलाई “पाताल” वा “परलोक” वा “नरक” भन्दा फरक किसिमले अनुवाद गरिनुपर्छ ।

(यो पनि हेर्नुहोस्: पाताल, नरक, दण्ड)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: G00120, G54210