ne_tw/bible/other/punish.md

6.6 KiB
Raw Permalink Blame History

दण्ड दिनु, दण्ड, दण्डहीन

परिभाषा:

"दण्ड" शब्दको अर्थ कसैलाई केहि गलत गरेको कारणले नकारात्मक परिणाम भोग्‍नु हो। "दण्ड" शब्दले त्यो गलत व्यवहारको परिणाम स्वरूप दिइने नकारात्मक परिणामलाई जनाउँछ।

  • प्रायः सजायको उद्देश्य व्यक्तिलाई पाप गर्नबाट रोक्न उत्प्रेरित गर्ने हो।
  • इस्राएलीहरूले उहाँको अनाज्ञाकारी हुँदा, विशेष गरी तिनीहरूले झूटा देवताहरूको उपासना गर्दा परमेश्‍वरले तिनीहरूलाई सजाय दिनुभयो। तिनीहरूको पापको कारणले गर्दा, परमेश्‍वरले तिनीहरूका शत्रुहरूलाई आक्रमण गर्न र तिनीहरूलाई पक्रन अनुमति दिनुभयो।
  • परमेश्‍वर धर्मी र न्यायी हुनुहुन्छ, त्यसैले उहाँले पापको सजाय दिनुपर्छ। प्रत्येक मानिसले परमेश्‍वरको विरुद्धमा पाप गरेको छ र सजायको योग्य छ।
  • हरेक व्यक्तिले गरेका सबै खराब कामहरूको लागि येशूलाई दण्ड दिइएको थियो। उसले कुनै गल्ती नगरे पनि र त्यो सजायको हकदार नभए पनि प्रत्येक व्यक्तिको दण्ड आफैंले भोग्यो।
  • "दण्ड नपाई जानुहोस्" र "दण्ड नगरी छोड्नुहोस्" भनाइहरूको अर्थ मानिसहरूलाई उनीहरूको गल्तीको लागि सजाय नदिने निर्णय गर्नु हो। मानिसहरूले पश्‍चात्ताप गर्नको लागि पर्खिरहँदा परमेश्‍वरले प्रायः पापलाई सजाय नदिने अनुमति दिनुहुन्छ।

(यो पनि हेर्नुहोस्: न्याय, पश्‍चात्ताप , धर्मी, पाप)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ४:१७-१८
  • २ थेसलोनिकी १:९-१०
  • प्रेरित ४:२१-२२
  • प्रेरित ७:५९-६०
  • उत्पत्ति ४:१३-१५
  • लूका २३:१५-१७
  • मत्ती २५:४४-४६

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • १३ः७ परमेश्‍वरले पालना गर्नलाई धेरै व्यवस्थाहरू र नियमहरू दिनुभयो। मानिसहरूले यी व्यवस्थाहरू पालना गरे भने परमेश्‍वरले उनीहरूलाई आशिष् दिने र सुरक्षा दिने प्रतिज्ञा गर्नुभयो। तिनीहरूले अवज्ञा गरे भने परमेश्‍वरले उनीहरूलाई दण्ड दिनुहुनेथियो।
  • १६ः२ इस्राएलीहरूले परमेश्‍वरको अवज्ञा गरिरहेका हुनाले, उहाँले तिनीहरूलाई तिनीहरूका शत्रुहरूद्वारा पराजित हुन दिनुभयो।
  • १९ः१६ यदि उनीहरूले दुष्‍टता गर्न छोडेर परमेश्‍वरको आज्ञा पालन गरेनन् भने परमेश्‍वरले उनीहरूलाई दोषीको रूपमा न्याय गर्नुहुनेथियो, र उहाँले उनीहरूलाई दण्ड दिनुहुनेथियो भनी अगमवक्‍ताहरूले मानिसहरूलाई चेतावनी दिए।
  • ४८ः६ येशू सिद्ध प्रधान पूजारी हुनुहुन्थ्यो, किनभने उहाँले हरेकले गरेका पापको निम्ति दण्ड भोग्‍नुभयो।
  • ४८ः१० जब कसैले येशूमा विश्‍वास गर्छ, त्यस व्यक्‍तिको पाप येशूको रगतले पखाल्छ र परमेश्‍वरको दण्डले उसलाई निस्तार गरेर जानेछ।
  • ४९ः९ तर परमेश्‍वरले संसारलाई यति प्रेम गर्नुभयो, कि उहाँले उहाँको एक मात्र पुत्रलाई दिनुभयो, ताकि येशूमा विश्‍वास गर्ने हरेकले उसले गरेको पापको दण्ड नपाओस्, तर सदासर्वदा परमेश्‍वरसँग बसोस्।
  • ४९-११ येशूले कहिल्यै पाप गर्नुभएन, तर तपाईंहरूका पापहरू र संसारका हरेकले गरेका पापलाई लानलाई सिद्ध बलिको रूपमा मर्न र दण्ड भोग्‍न चुन्‍नुभयो।

शब्द तथ्याङ्कः

स्ट्रोंग्स  H3027, H3256, H4148, H4941, H5221, H5414, H6031, H6064, H6213, H6485, H7999, H8011, H8199, G13490, G15560, G15570, G28490, G38110, G50970