ne_tw/bible/other/pierce.md

2.1 KiB
Raw Permalink Blame History

घोच्‍नु, घोचेको

परिभाषा:

“घोच्‍नु”को अर्थ केही धारिलो, तीखो वस्तुले केही थोकलाई घोप्‍नु हो । यो कसैलाई गहिरो संवेगात्मक चोट पुर्‍याएको जनाउन आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्छ ।

  • येशू क्रुसमा झुण्डिरहनु हुँदा एक जना सिपाहीले उहाँको कोखामा घोचे ।
  • बाइबलको समयमा स्वतन्‍त्र गरिएको दासले उनका मालिकसँग नै बस्‍न र उनका निम्ति अझै काम गर्न चुनेका चिन्हको रूपमा उसको कान छेडिन्थ्यो ।
  • तरवारले मरियमको हृदय छेड्ने छ भनी शिमियोनले मरियमसँग आलङ्‌कारिक रूपमा बोले, जसको अर्थ तिनकी छोरो येशूलाई आइपर्ने कुराले तिनले गहिरो पीडा भोग्‍नेछिन् ।

(यो पनि हेर्नुहोस्: क्रुस, येशू, नोकर, शिमियोन)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0935, H1856, H2342, H2490, H2491, H2944, H3738, H4272, H5181, H5344, H5365, H6398, G13300, G13380, G15740, G26600, G35720, G40440